प्रियंकाले बिहेबारे गरिन् यस्तो खुलासा, किन भारतमै भयो बिहे ?
एजेन्सी । सन् २०१८ मा जोधपुरको उम्मेद भवन प्यालेसमा आयोजित प्रियंका चोपडा र निक जोनासको बिहे वर्षभरीको सबैभन्दा आलीशान बिहे मध्ये एक थियो । यस बिहेमा तस्वीरहरु र भिडियोहरु हप्तौसम्म सामाजिक सञ्जालमा भाइरल बनिरहे ।
हालै एक च्याट शो मा प्रियंकाले किन भारतै बिहे गरिन् भन्नेबारे खुलासा गरेकी छन् । उनले आफु एक नीजि आईल्याण्डमा आलीशान बिहे गर्ने इच्छा भए पनि भारतमै बिहे गर्ने निर्णय निकको भएको बताएकी छन् ।
प्रियंकाले माल्दिभ्स वा मौरिशस जस्ता विकल्पमा बिचार गरेको तर त्यहाँ आवश्यक सामान र निम्तालुहरुलाई त्यहाँ लैनानेबारे समस्या हुने देखिएकी बताइन् ।
प्रियंकाले भनिन्, ‘जब निक मुम्बईमा थियो, उसले सोध्यो, हामी भारतमा किन बिहे नगर्ने? मैले आफ्नी दुल्हनलाई उसको घरमा लिएनर जानु हुँदैन ? जब उसले यस्तो कुरा भनेपछि मलाई लाग्यो भारतमा बिहे गरेपछि कुरा हुन सक्छ ।’
प्रियंकाको बिहे निकै नीजि थियो । यस कार्यक्रममा मात्र उनका नजिकका साथी र परिवारका सदस्य सहभागी भएका थिए ।
एक अर्को अन्तर्वातामा प्रियंकाले भनिन्, ‘आम भारतीय बिहेमा हजारौं पाहुना हुन्छन्, तर हाम्रो बिहेमा मुश्किलले २०० जना थिए । धेरै जसो परिवारकै सदस्य थिए । हामी दुबैको परिवार ठूलो छ ।’ उनले बिहेमा परिवारका मात्र सदस्य सहभागी हुन भन्ने चाहेको बताइन् ।
प्रियंकाले बिहेपछि निकको सरनेम आफ्नो नामसँग जोड्ने विषयमा भनिन्, ‘म सँधै उसको नाम मेरो नामसँग जोड्न चाहन्थेँ, किनकी मलाई महशुस हुन्थ्यो, हामी एक परिवार बन्दै छौं ।’उनले अगाडि थपिन्, ‘म अलि पारम्पारिक छु, र पुरानो जमानाकी हुँ । तर, यसको मतलब यो होइनकी मेरो आफ्नो पहिचान मेटियोस ।’
February 7, 2019 10:47 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग