रोल्पामा दलित विद्यार्थीलाई सोलार वितरण
रोल्पा, १० असार : रोल्पापश्चिमका दुई गाउँपालिकामा अध्ययनरत दलित, जनजाति र जेहेन्दार विद्यार्थीलाई निःशुल्क रुपमा सोलार वितरण गरिएको छ ।
जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयको सहयोग रहेको उक्त सोलार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा वितरण गरिएको हो । गाउँपालिकाभित्रका करीब ३०० विद्यार्थीलाई वितरण गरिएको सोलारको प्रतिसेट बजार मूल्य रु तीन हजार रहेको छ ।
जिल्लाको गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिकाभित्र रहेका १२ माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत उनीहरुलाई सोलार वितरण गरिएको हो । उज्यालोको माध्यमबाट विद्यार्थीको पठनपाठनमा थप सुधार ल्याउने उद्देश्यसहित सोलार वितरण गरिएको बताइएको छ ।
सोलार प्राप्त गरेसँगै विद्यार्थीको पठनपाठनमा सुधार हुने शिक्षक चक्रबहादुर वलीले बताउनुभयो । गरिबीका कारण ऊर्जाको पहुँचमा नरहेका गरीब तथा विपन्न परिवारलाई सोलार वितरणले राहत पुगेको वलीको भनाइ छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: