सिद्धार्थ मलहोत्राले भने : ‘म करिना कपुरलाई श्रीमती बनाउन चाहन्छु ‘
काठमाण्डौं । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा हालै करण जौहरको सो ‘कफी विथ करण’मा गएका थिए । सिद्धार्थको साथमा आदित्यराय कपुर पनि थिए । सोको नयाँ प्रोमो सार्वजनिक भएको छ
प्रोमोमा करण दुवै कलाकारसँग र्यापिड फायर खेल्दै गरेको देखिन्छन् । जसमा सिद्धार्थले आफू करिना कपुरको श्रीमान् बन्ने चाहना व्यक्त गरेका छन् । करणले सिद्धार्थलाई सोधेका थिए, ‘को कलाकारलाई आफ्नो भाइ बनाउन चाहनुहुन्छ रु’ यसमा सिद्धार्थले आफू सैफअली खानको भाइ बन्न चाहेको बताएका छन् । यसपछि सिद्धार्थलाई को अभिनेत्रीलाई आफ्नी पत्नी बनाउन चाहनुहुन्छ भन्ने सवालमा उनले भने, ‘म करिना कपुरलाई आफ्नी पत्नी बनाउन चाहन्छु ।’
अचेल सिद्धार्थ मलहोत्राको नाम मोडल कियरा आडवाणीसँग जोडिएर चर्चामा छ । तर, हालै कियराले सिद्धार्थसँगको प्रेमसम्बन्ध हल्ला मात्र भएको बताएकी थिइन् । अहिले प्रशान्त सिंहको फिल्म ‘बजरिया जोडी’को सुटिङमा सिद्धार्थ व्यस्त छन् । फिल्ममा सिद्धार्थको साथमा परिणिती चोपडा देखिँदै छिन् ।
February 9, 2019 12:13 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग