कंगनाको सफलतामा बलिउड जल्छ त्यसैले उनलाई कसैले साथ दिएनन् : तनुश्री दत्ता
अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिका’को विवाद र निर्देशक क्रिससँग उनको शीतयुद्ध चलिरहेको छ । कंगना रनातले उनको फिल्म ‘मणिकर्णिका’ रिलिजपछि बलिउड कलाकारले उनको समर्थन नगरेको भन्दै आरोप लगाइन् ।
अहिले कंगनाको समर्थन गर्दै अनुपम खेर र तनुश्री दत्ता अघि सरेका छन् । तनुश्री दत्ताले कंगनाको पक्षमा बोल्दै भनिन् कंगनाको पक्षमा कोही पनि बोलेनन् किनकी उनको सफलतामा मानिसहरु जल्ने गर्छन् ।
तनुश्रीले कंगनालाई भनिन् ‘तपाई एक ए लिष्टर अभिनेत्री हो र कसैको सहयोग बिना नै अगाडी बढ्नु भएको हो । बलिउडमा मै हुँ भनेर गुट बनाउनेहरु पनि तपाईँको हिम्मत देखेर डराउने गर्छन् । यही कारण उनीहरु तपाईँको सफलता देखेर पनि नदेखेझैं गरेर चुपचाप छन् ।’
तनुश्रीले कंगनाको फिल्म ‘मणिकर्णिका’को विषयमा अगाडि भनिन् ‘मैले अहिलेसम्म ‘मणिकर्णिका’ हेरेकी छैन । तर अमेरिकामा मेरा साथीहरुले मलाई यो फिल्म हेर्नु भनेका छन् ।
सायद म यो फिल्म छिट्टै नै हेर्नेछु । मेरा आमा बुवाले पनि यो फिल्म हेरिसकेका छन् र उहाँहरुले प्रशंशा पनि गर्नुभएको छ । विशेष गरेर उहाँहरुले कंगनाको तारिफ गर्नुभएको छ ।’
अभिनेत्री तनुश्री दत्ता केही समय अघि भारत आएर अभिनेता नाना पाटेकरविरुद्ध मिटू अन्तर्गत आफूमाथि भएको दूव्र्यवहारबारे खुलेर बोलेकी थिइन् । त्यस समयमा अभिनेत्री कंगना रनावतले पनि खुलेर तनुश्री दत्ताको समर्थन गरेकी थिइन् ।
अभिनेत्री कंगना वास्तवमै एक साहसी र निडर अभिनेत्री हुन् । उनले बलिउडमा कयौं सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । कंगना आफूलाई गलत लागेको कुरा कसैसँग पनि नडराएर निर्धक्कका साथ निडर भएर बोल्ने गर्छिन् ।
February 12, 2019 1:29 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर