Monday 16th March 2026

मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु

7 years अगाडी

काठमाडौँ,। काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा आज बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेको छ ।

बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनामा भई गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–३० रातोपुल बस्ने इन्दिरा ढकालको घरबाट आज बिहान अन्दाजी एक तोला सुन, १५० तोला चाँदी र नगद रु ३० हजार गरी करिब रु दुई लाख ५० हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्ति फरार रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

          February 12, 2019 3:02 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...