चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि धुर्मुस-सुन्तलीलाई मलेसियाबाट ३५ लाख
चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि आर्थिक जोहो गर्न यतिबेला सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे दौडाहामा छन् । स्टेडियम बनाउने घोषणा गरेर सिलान्यास पछि मलेसिया पुगेका उनीहरुका बारेमा सामाजिक सञ्जाल र समाचारमा नकारात्मक कुरा आए ।
मलेसियावाट रित्तो हात फर्के भनेर आएको समाचारको खण्डन गर्दै धुर्मुसले आफुहरुले गरेको अपेक्षा भन्दा पनि बढी सहयोग पाएको बताए । उनले मलेसियामा बस्ने नेपालीहरुले क्रिकेट स्टेडियमका लागि भन्दै ३५ लाख रुपैया भन्दा बढी सहयोग गरेको बताएका छन् ।
क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर पहिलो पटक उनीहरु मलेसिया पुगेका थिए । उनीहरुले त्यहाँ विभिन्न प्रस्तुती दिए । त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको उपस्थितिमा विभिन्न तीन सहरमा कार्यक्रम भएको थियो । कार्यक्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको जानकारी धुर्मुसले दिएका छन् ।
मलेसियाका तीन शहरहरु क्वालालम्पुर, जोहोरबारु र पेनाङमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपस्थित भएका नेपालीहरुले स्वःस्फूर्त रुपमा आर्थिक सहयोग संकलन गरेका हुन् । कार्यक्रमस्थलबाटै २० लाख ७१ हजार रुपैयाँ स्टेडियम निर्माण अभियानलाई सहयोग जुटेको हो भने आयोजक सिटी एक्सप्रेसले १५ लाख थपिदिएको जानकारी उनले दिए ।
उनले आफुहरुलाई मलेसियामा बस्ने नेपालीले देखाएको सदासयताको तारिफ गरेका छन् । त्यसले आफुहरुलाई थप उत्साही बनाएको उनीहरुको भनाई छ । धुर्मुसले क्रिकेट स्टेडियम निर्माणका लागि विदेशमा रहेका नेपालीले ठुलो आँट र हिम्मत दिएको पनि बताएका छन् ।
February 13, 2019 11:24 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी