विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा एकाबिहानै घट्यो अत्यत दुखद घटना
सिन्धुली, १ फागुन – विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् ।
बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन् ।
घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थीले दोषीलाई कारवाही, विद्यार्थीको उपचारको माग गर्दै सडकमा उत्रिएर राजमार्ग अबरुद्ध पारेका छन् ।
विद्यार्थीलाई ठक्कर दिएर फरार रहेको बा३च ६७५१ नंको सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
सुमो र सुमो चालकलाई सिन्धुलीमाढीबाट काठमाडौँतर्फ जाँदै गर्दा सिन्धुलीगढी नजिकबाट नियन्त्रणमा लिएको र आवश्यक कारवाही गरिनेसमेत उहाँले बताउनुभयो ।
काठमाडाँैबाट तराईका जिल्ला तथा तराईका जिल्लाबाट काठमाडौँ हिँडेका सवारी सिन्धुलीमै रोकिएका छन् । विद्यार्थीले राजमार्ग अवरुद्ध पारेकाले सवारीसाधनलाई गन्तव्यतर्फ वैकल्पिक मार्गबाट पठाउने तयारी गरिरहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
February 13, 2019 11:39 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी