अरबाज–मलाइकाका छोराको बलिउडमा प्रवेश, छोरालाई फिल्ममा ल्याउँदा आमालाई हटाइयो
7 years अगाडी
Susma Dhakal
मुम्बइ। अरबाज खान र मलाइका अरोराका छोरा अरहान खानले बलिउड प्रवेश गर्ने भएका छन् । १६ वर्षका अरहानले अभिनय नभइ निर्देशनबाट बलिउड प्रवेश गर्न लागेका हुन् ।
अरहानले फिल्म ‘दबंग ३’ मा निर्देशक प्रभुदेवाको सहायकको रुपमा बलिउड प्रवेश गर्न लागेका हुन् । उनको यो सफलतामा अरबाज र मलाइका दुवैले खुसी व्यक्त गरेका छन् ।
दबंग ३ को सुटिङ आगामी अप्रिलमा सुरु हुँदैछ । दबंगका सुरुका दुई फिल्ममा जस्तै तेस्रो सिक्वेलमा पनि सलमान खानको अपोजिट रोलमा सोनाक्षी सिन्हा नै हुनेछिन् ।
फिल्मका सुरुका २ भागमा आइटम डान्स गरेकी मलाइका अरोरालाई भने फिल्मको तेस्रो सिक्वेलबाट हटाइएको छ । उनको ठाउँमा दबंगको दोस्रो सिक्वेलमा आइटम डान्स गरेकी करिना कपुरलाई ल्याइने चर्चा छ ।
February 13, 2019 2:21 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...