सुन्न नसक्ने अपाङ्गकी छोरी पर्वतकी अञ्जली पुरी एसईई नेपाल टप
यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसइइ उर्तीण गरेका कारण नेपाल टप गरेको दाबी बिद्यालयले गरेको हो ।अहिले सम्म ४.०० जिपीए अंक ल्याउने बिद्यार्थी अञ्जली मात्र देखिएकी छन । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ बिद्यालयका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले बताए । सानै देखि प्रतिभावान छात्रा अञ्जली छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । उनका बुवा देबेन्द्र पुरी बहिरा छन भने आमा तुल्सी पुरी पनि बहिरा संघ बागलुङ्गमा कार्यरत छन ।

उनले एनसर नेपालको पुुर्ण छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । पर्वतकै मोदी गाउँपालिका वडा नं ६ गिज्यानका स्थायी बासिन्दा पुरी परिवार पछिल्लो समय कुस्मा नगरपालिका वडा नं ७ मा बस्दै आएका छन । कालीगण्डकी एकेडेमीबाट परिक्षा दिएका अन्य बिद्यार्थीमा एक जनाले ३.९५ जिपिए र ६ जनाले ३.९० जिपीए, ३.८५ ६ जना, ३.८० जिपीए ३ , ३.७५ २ जना, ३.७० ४ जना, ३.६५ २ जना, ३.६० ५ जना र ३.५ मा २ जना जिपीए सहित उर्तिण भएका छन । यो नतिजासँगै उनलाई राम्रो क्याम्पस र राम्रो विषय पढ्नु छ । कमजोर आर्थिक अवस्थाका कारण उनका लागि सहयोगी हात जरुरी छ । यसका लागि यो समाचार सक्दो सेयर गरेर उनको सहयोग गरिदिनुहोला । साथै उनको हौसला बढाउनका लागिपनि एक सेयर गरिदिनुहोला ।
June 24, 2018 3:24 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: