सारा अली खानले किन छाडिन् आमाको घर ? घरबाट निस्किँदै गरेको फोटो भाइरल
मुम्बई। आफ्ना सुरुवाती दुई फिल्म हिट भएर चर्चामा आएकी बलिवुड नायिका सारा अली खान अन्य बिभिन्न कारणबाट कारणबाट पनि चर्चामा आउने गर्छिन्। अहिले साराको यस्तै एक तस्वीर बाहिर आएको छ।
तस्वीरमा उनले आफ्नो सामान कारको डिक्कीमा राखेको देखिएको छ। खबर अनुसार साराले आफ्नी आमा अमृता सिंहको घर छाडेकी छन्। अमृता सिंहको घर बाहिर उनले कारमा सामान राखिरहेको तस्वीरमा देखिएको छ।
आजभोली बलिवुडमा स्टार किड्सहरु आफ्नो परिवारसँग टाडा रहनु एक ट्रेंड नै बनेको छ। यस्तै साराले पनि आफ्नो परिवारसँग अलग र स्वतन्त्र रहन चाहेको भन्ने खबर आएको छ। उनीहरु आमाछोरीको बीचमा कुनै मनमुटाव नरहेको पनि बताइएको छ। उनले कारमा आफ्नो सामान राखिरहेको तस्वीर अहिले भाइरल भइरहेको छ।
साराले अभिषेक कपुरको फिल्म ‘केदारनाथ’बाट बलिवुडमा डेब्यू गरेकी थिइन्। त्यसपछि उनले रणवीर सिंहसँग सिम्बामा काम गरेकी थिईन्। उनका दुईओटै फिल्म बक्स अफिसमा सफल भएका थिए।
February 14, 2019 1:41 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग