भेरी बस दुर्घटना अपडेट : ज्यान गुमाएका मध्ये तीनजनाको सनाखत, ९ जना घाइते
रुकुम – भेरी बस दुर्घटनामा ज्यान गुमाएका चारजना मध्ये तीन जनाको सनाखत भएको छ । बिहीबार साँझ यात्रु बोकेको बस भेरी नदीमा खस्दा चारजनाको ज्यान गएको थियो । चारजनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।
ज्यान गुमाएका मध्ये तीनजनाको सनाखत भएको छ । दैलेख घर भई बाँके खजुरा २ बस्ने हरिबहादुर रावत, डोल्पा जगदुल्ला गाउँपालिका ५ का मनबहादुर बोहरा र बाँके खजुरा शान्तिपुरका १७ वर्षीय सागर भण्डारीको सनाखत भएको हो । भण्डारी गाडीको सहचालक हुन् । ज्यान गुमाएका एकजनाको भने सनाखत हुन सकेको छैन ।
घाइते ९ जना मध्ये २ जनालाई बिहीबार नै नेपालगञ्ज पठाइएको थियो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं १३ बस्ने ३२ वर्षीय लालबहादुर थापा र त्यही नगरपालिका वडा नं ११ का २८ वर्षीय भरत चन्दलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो । अन्य ७ जना घाइतेको जाजरकोट जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।
जाजरकोट भेरी नगरपालिका वडा नं ५ का २४ वर्षीय विवश बोहरा, वडा नं १ का ६० वर्षीया पञ्चकली राना र नलगाड नगरपालिका वडा नं १३ का २१ वर्षीय डिल्लीबहादुर बोहरा, रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नं ६ का धिरेन्द्र बोहरा र डोल्पा जगदुल्ला गाउँपालिका वडा नं ५ का १३ वर्षीय जितबहादुर बोहराको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै, चालक सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा नं ५ का २४ वर्षीय मोहन राना र जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. ८ लिम्साका ३५ वर्षीय जयराम विकको स्थानीय रिम्ना मेडिकलमा उपचार भैरहेको छ । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको राडीबजारतर्फ आउँदै गरेको भे १ ख १३२९ नम्बरको यात्रुवाहक बस भेरी नदीमा खसेको थियो । जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो ।
February 15, 2019 10:39 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी