आजबाट चलचित्र ‘बुलबुल’ प्रदर्शनमा भिडियो सहित
काठमाण्डौ – फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनमा आएको छ । निर्माण युनिटले चलचित्र प्रचारका लागि नयाँ–नयाँ शैली अपनाएको थियो । फ्ल्यासमोब शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको निर्माण समूहले त्यसपछि सार्वजनिक दुई टिजरमा चलचित्रका धेरै दृश्य नदेखाई एउटै दृश्यबाट चलचित्रका दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरिएकाे थियो ।
चलचित्र‘बुलबुल’बाट नै अभिनेता मुकुन भुषालले चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनी चलचित्रमा चोपेन्द्र नामको पात्रका रुपमा प्रस्तुत भएका छन् । फरक प्रचार शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको थियो । स्वस्तिमाले आफ्नै चलचित्रमा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएको प्रचार सामग्रीलाई दर्शकले रुचाएका थिए ।
चलचित्रको निर्देशन विनोद पौडेलले गरेका हुन् । ‘साँघुरो’का लेखकसमेत रहेका पौडेलको यो डेब्यू निर्देशन हो । चलचित्र‘बुलबुल’ ले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गरेको छ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् ।
चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् ।
February 15, 2019 11:47 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग