Monday 16th March 2026

घर भित्र खाल्डो खनी लुकाएर राखिएको १८ तोला सुन प्रहरीकै सेटिंगमा यसरि भित्रिएको रहेछ !

7 years अगाडी

कञ्चनपुरको पुर्नवास मा प्रहरीले आज बिहान पुनर्वास नगरपालीका वडा नम्बर २ दशरथ बस्तीबाट १८ किलो सुन बरामद गरेको छ ।काठमाडौबाट आएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको संयुक्त टोलीले आज बिहान खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा भेटीएको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले जानकारी दिनुभयो । बिहीबार कञ्चनपुरमा भेटिएको १८ किलो सुन तस्करीमा प्रहरीकै संलग्नता रहेको खुलेको छ। हाल उक्त सुन नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

भारतमा चालक रहेका दाजु लक्ष्मण तिरुवासँग सेटिङ मिलाएर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सिपाही भाइ सुरज तिरुवाले सुन तस्करी गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए। लक्ष्मणले भारती य ब्यापारीसँग सुन गाडीमा ल्याएर सिपाही भाइ सुरजलाई दिएको र सुरजले ससुरालीमा लगेर गाडेको रहस्य खुलेको हो।

यसरी सुरजले सुन ससुरालीमा गाडेको थाहा पाएपछि प्रहरीले बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका-२ स्थित सुन्दरबस्तीमा रहेको भरत विकको घरबाट १८ केजी सुन बरामद गरेको हो। प्रहरीले तिरुवा दाजुभाइलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको डीआईजी शाहीले जानकारी दिए।

          February 15, 2019 12:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...