जापानमा नेपाली कामदार म्यानपावरमार्फत नै पठाइने संकेत
काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली कामदार म्यानपावर कम्पनीमार्फत नै जापान पठाउनेबारे छलफल भइरहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । नेपाली कामदार म्यानपावरमार्फत नै पठाइनेबारे केही महिना भित्र नै टुंगो लाग्ने संघले जानकारी दिएको हो।
संघका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीमा नेपाली कामदार म्यानपावर कम्पनीमार्फत नै पठाउने विषयमा केही महिनामा नै अन्तिम टुंगोमा पुग्ने भन्दै विज्ञिप्त जारी गरेका थिए।
त्यस्तै जापान रोजगारीमा कामदार भिसामा नयाँ प्रकृयामार्फत रोजगारी नखुलेकाले हल्लाको पछि लागेर वा कसैको झुठो आश्वासनमा परेर आर्थिक कारोबार नगर्न समेत अध्यक्ष गुरुङले अनुरोध गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने वैदेशिक रोजगारीका लागि शून्य लागतमा नेपाली कामदार जापान पठाउने बारे छलफल भइरहेको जनाएको छ ।
कामदार म्यानपावर कम्पनीमार्फत वा सरकारमार्फत कुन सञ्जालबाट पठाउने विषयमा कुनै पनि टुंगो नलागेको मन्त्रालयले जनाएको छ। जोखिमपूर्ण कामका लागि पनि निकै ठूलो संख्यामा खाडी लगायतका मुलुकमा जाने गरेका नेपाली कामदारलाई सहज तरिकाबाट जापान रोजगारमा पठाउन सरकारले पहल गरिरहेको छ।
यसअघि जापान सरकारले नेपाली श्रमिक कामदारका रुपमा लैजानका लागि पटक पटक नेपाल सरकारसँग आग्रह गर्दै आएपनि नेपाल सरकारले खासै चासो देखाएको थिएन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक सुरक्षित, मर्यादित र व्यबस्थित तवरबाट निमार्णका काममा मात्र नभएर व्यवसायिक काममा समेत पठाउन पहल गरिरहेको बताएका छन्।
शून्य लागतमा नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्ड अनुसार नै पठाउन निरन्तर लागिपरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। रोजगारीको निकै आकर्षक गन्तव्यका रुपमा रहनसक्ने जापानमा नेपाली श्रमिक पठाउनेबारे गम्भीर रुपमा छलफल चलिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
यस विषयमा गत माघ ३ गते जापान र नेपाल सरकारबीच औपचारीक छलफल समेत भएको थियो। दुई देशबीच छलफलको निश्कर्ष पछि नेपाली श्रमिक जापान रोजगारीमा पठाउन जापानसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ। आगामी अप्रीलसम्म कामदार भर्नाको काम सुरु हुने गरी मन्त्रालयले गोप्य तयारी गरीरहेको जानकारी दिएको छ ।
यसअघि जापान रोजगारीका विषयमा दुई देशका उच्च अधिकारी बीच भएको छलफल पछि रोजगारी खुलिसक्यो भन्ने भ्रमात्मक हल्ला समेत फैलिएको थियो।
विभिन्न म्यानपावर कम्पनी तथा कन्सलटेन्सीहरुले जापानमा रोजगारी खुलिसकेको भन्दै विज्ञापन समेत अनलाइन तथा पत्रपत्रिकामा दिन थालेपछि श्रमिक ठगिने जोखिम भएको भन्दै वैदेशिक रोजगार विभागले विज्ञप्ति जारी गरी जापानमा कामदार भिसामा तत्काल नखुलेको र हल्लाको पछि लागि नठगिन सबै श्रमिकलाई सचेत समेत गरेको थियो।
February 17, 2019 12:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी