Thursday 5th March 2026

विवाह गरेको दुई महिना नबित्दै प्रियंकालाई प्रश्न बच्चा कति छन्?

7 years अगाडी

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडाले डिसेम्बर २०१८ मा अमेरिकी गायक निक जोनाससँग विवाह गरिन्। त्यसपछि नै उमेर अन्तरका विषयमा प्रियंकालाई सामाजिक संजालमा निशाना साध्न थालिएको छ। केही दिन अगाडि एक अन्तर्वाताका क्रममा प्रियंकाले आफ्नो निजी जीवनसँग सम्बन्धित प्रश्नको जवाफ दिएकी छन्।

जुन उत्तरलाई गूगलमा सबैभन्दा धेरै खोजिएको छ। यद्यपी यो क्रममा केही अबियस प्रश्न पनि सोधिएको थियो। तर प्रियंकाले एक एक प्रश्नको कडा जवाफ दिएकी थिइन्। प्रियंकासँग उनी र निक जोनासबीचको उमेरको अन्तरका विषयमा पनि प्रश्न सोधिएको थियो। उक्त प्रश्नको जवाफमा प्रियंकाले भनिन्, ‘हो म निक भन्दा दश वर्ष जेठी छु।’

त्यसपछि प्रियंकालाई धर्मका विषयमा पनि प्रश्न सोधियो। उनलाई के तपाइँ धर्मले हिन्दी हुनुहुन्छ भन्ने प्रश्न सोधियो। जवाफमा प्रियंकाले भनिन्, ‘हिन्दी एक भाषा हो र म धर्मले हिन्दू हो।’ उनलाई फेरि अर्को प्रश्न गरियो। के तपाइँका बच्चा छन्? जवाफमा उनले भनिन्, ‘अहिले मेरा बच्चा छैनन् । तर एउटा बच्चा मलाइ चाहिन्छ।’

          February 17, 2019 12:48 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...