आमा बन्दै प्रियंका, विवाह अघि नै थियो गर्भ ?
बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा हालै हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक इन लस एन्जल्स’को प्रिमियर हेर्न पुगेकी थिइन्। यस चलचित्रमा उनको समेत भूमिका छ। श्रीमान निक जोनाससँग प्रिमियर हेर्न पुगेकी प्रियंकाले गत फेब्रुअरी १२ तारिखमा पत्रकारहरुसँग कुरागर्दै प्राकृतिक रुपमा आमा बन्नु साँच्चै रमाइलो महशुस हुने बताएकी थिइन्।
त्यसको केही दिनमै प्रियंका चोपडाको फोटोहरु सार्वजनिक भएका छन्। जसले उनी आमा बन्ने संकेत गरेको छ। उनको ‘बेबी बम्प’ देखिन सुरु भएको छ। यसअघि कैयौं कार्यक्रमहरुमा उनी आफ्नो बेबी बम्प लुकाउन सफल भएकी थिइन्। तर, अब उनी त्यो लुकाउने परिस्थितीमा छैनन्।
द न्युजका अनुसार प्रियंका र निक दुवै आमा–बुबा बन्ने भएपछि खुशी भएका छन्। यद्यपि यस विषयमा दुवैले कुनै प्रतिक्रिया जनाएका छैनन्। प्रियंका विवाह अगाडि नै गर्भवती भएको अनुमान गरिएको छ। गत डिसेम्बर १ तारिखमा प्रियंका र निकको विवाह भएको थियो। ३६ वर्षीया प्रियंका श्रीमान निकभन्दा १० वर्षले जेठी हुन्।
February 19, 2019 11:15 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग