आमा बन्दै प्रियंका, विवाह अघि नै थियो गर्भ ?
बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा हालै हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक इन लस एन्जल्स’को प्रिमियर हेर्न पुगेकी थिइन्। यस चलचित्रमा उनको समेत भूमिका छ। श्रीमान निक जोनाससँग प्रिमियर हेर्न पुगेकी प्रियंकाले गत फेब्रुअरी १२ तारिखमा पत्रकारहरुसँग कुरागर्दै प्राकृतिक रुपमा आमा बन्नु साँच्चै रमाइलो महशुस हुने बताएकी थिइन्।
त्यसको केही दिनमै प्रियंका चोपडाको फोटोहरु सार्वजनिक भएका छन्। जसले उनी आमा बन्ने संकेत गरेको छ। उनको ‘बेबी बम्प’ देखिन सुरु भएको छ। यसअघि कैयौं कार्यक्रमहरुमा उनी आफ्नो बेबी बम्प लुकाउन सफल भएकी थिइन्। तर, अब उनी त्यो लुकाउने परिस्थितीमा छैनन्।
द न्युजका अनुसार प्रियंका र निक दुवै आमा–बुबा बन्ने भएपछि खुशी भएका छन्। यद्यपि यस विषयमा दुवैले कुनै प्रतिक्रिया जनाएका छैनन्। प्रियंका विवाह अगाडि नै गर्भवती भएको अनुमान गरिएको छ। गत डिसेम्बर १ तारिखमा प्रियंका र निकको विवाह भएको थियो। ३६ वर्षीया प्रियंका श्रीमान निकभन्दा १० वर्षले जेठी हुन्।
February 19, 2019 11:15 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर