Monday 16th March 2026

नि:शुल्क प्राथमिक उपचार तालिमको उदघाट्न कार्यक्रम चर्चित कलाकारहरुले गर्ने ।

7 years अगाडी

ओखलढुंगा, फागुन ७- योगदान रास्ट्रको लागि मुलमन्त्र लिएर गत वर्षदेखि युएईबाट शुरु भएको नि:शुल्क प्राथमिक उपचार तालिमको तेस्रो शृङ्खला फागुन ८ गते ओखलढुंगाबाट शुरु हुदैछ । प्राथमिक उपचारको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका युएईमा डिस्कभरी रोयल स्पोर्ट्सका प्रवन्ध निर्देशक समेत रहेका चितवनका ओमप्रसाद उप्रेतीले परिकल्पना गरेको यो अभियान नेपालका १६ जिल्लामा सम्पन्न भइसकेको छ ।

यसै सिलसिलामा जिल्ला समन्वय समितिको सभाहल ओखलढुंगामा यो अभियानको तेस्रो चरणको कार्यक्रमको शुभारम्भ भव्यताका साथमा सम्पन्न गर्ने स्थानीय तहमा विराज समाजले कार्यक्रमको समन्वय गरिरहेको संचारकर्मी नारायण सापकोटाले बताएका छन् । कार्यक्रममा सांसद यज्ञराज सुनुवार, नायिका सन्चिता लुइँटेल, कलाकार निर्मल शर्मा (गैंडा) र शिवानी लुइँटेल उपस्थित भएर कार्यक्रमको शोभा बढाउने यस अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षण ओमप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।

उप्रेती तेस्रो चरणको निशुल्क प्राथमिक उपचार तालिम संचालन गर्न गत फागुन पाँच गते नेपाल आएका छन् । सामाजिक कार्यमा निरन्तर क्रियाशिल उप्रेतीले नेपालमा निशुल्क प्राथमिक उपचार तालिम अभियन २०७४ सालबाट प्रारम्भ गरेका हुन् ।
निशुल्क प्राथमिक उपचार तालिम प्रभावकारी रुपमा संचालन गर्न विराज समाजका पदाधिकारी तथा सदस्यहरुसँग छलफल तथा भेटघाट गरेको उप्रेतीले बताए ।

विराज समाजको संयोजन तथा सिद्धिचरण नगरपालिका र रेडक्रस ओखलढुंगाको सहकार्यमा डिस्काभरी रोयल स्पोर्टसको आयोजनामा तेस्रो चरणको निशुल्क प्राथमिक उपचार तालिम फागुन ८ गते ओखलढुंगामा उद्घाटन गरिने तालिमका संयोजक दिनेश कुमार मगरले जानकारी दिए ।

तेस्रो चरणको कार्यक्रम आगामी फागुन ८ गते ओखलढुंगाबाट शुरु भएर ९ गते बिहीबार खोटाङ, १० गते शुक्रबार उदयपुर, ११ गते शनिबार धनकुटा, १२ गते आइतबार भोजपुर, १३ गते सोमबार संखुवासभा, १५ गते बुधबार तेह्रथुमको आठराई, १६ गते बिहीबार ताप्लेजुङ, १७ गते शुक्रबार पाँचथर, र १८ गते शनिबार इलाम गरी पुर्वी नेपालका १० वटा पहाडी जिल्लामा आयोजना हुन लागेको छ ।

जिल्ला समन्वय समितिको सभाहल ओखलढुंगामा यो अभियानको तेस्रो चरणको कार्यक्रमको शुभारम्भ भव्यताका साथमा सम्पन्न गर्ने स्थानीय तहमा विराज समाजले कार्यक्रमको समन्वय गरिरहेको संचारकर्मी नारायण सापकोटाले बताएका छन् । सापकोटाका अनुसार कार्यक्रमको सबै तयारी व्यस्थित तरिकाले सम्पन्न भएको छ । अभियानमा युएईका सामाजिक अभियन्ता लछुमन काफ्ले, कलाकारहरु र स्वयंसेवकहरु पनि रहनेछन् ।

          February 19, 2019 11:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...