नेपाल आएका चर्चित गायक सोनु निगम बिरामी, नर्भिक अस्पताल भर्ना
7 years अगाडी
Susma Dhakal
काठमाडौं। केही समयअघि मात्र गम्भीर एलर्जीका कारण अस्पतालको आइसीयुा भर्ना भएर उपचार गराइ फर्केका भारतीय चर्चित गायत सोनु निगम पुनः बिरामी भएका छन् । यसपटक भने उनी नेपाल आएका बेला बिरामी भएका हुन् ।
उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनी पोखरामा रहेका बेला स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि उनलाई तत्काल काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो ।
उनी आइतबार नेपाल आएका हुन् । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निगमको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् ।
उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए । यसअघि दुई साता अघिमात्र उनी छालाको एलर्जीका कारण गम्भीर बिरामी भएपछि मुम्बइको एक अस्पतालमा आइसीयुमा भर्ना हुनु परेको थियो ।
February 19, 2019 3:39 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...