Monday 16th March 2026

डिभी पर्‍यो, तर अमेरिका जाने बेलामा जेल पुगे युवा

7 years अगाडी

काठमाडौँ । अमेरिकी डिभी चिट्टा परेपछि अमेरिका जाने एकजना युवाको सपना नक्कली शैक्षिक प्रमाणपत्रले चकनाचुर बनाईदिएको छ।

चितवनको भरतपुर महानगरपालिका ५ विकास चोक घर भएका २६ वर्षीय निखिल पराजुलीले टेन प्लस टु को नक्कली प्रमाणपत्र अमेरिकी दूतावासमा पेश गरेपछि उनी पक्राउ परेका हुन्।

पराजुलीको शैक्षिक प्रमाणपत्रसहितका कागजात नक्कली पुष्टि भएपछि दूतावासले महानगरीय प्रहरी अपराध महाशाखालाई जानकारी गराएको थियो।

दूतावासको जानकारीका आधारमा पराजुलीलाई महाशाखाको टोलीले मंगलबार महाराजगन्ज क्षेत्रबाटै पक्राउ गरी हिरसातमा लिएको छ।

          February 20, 2019 12:11 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...