बझाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते
7 years अगाडी
Susma Dhakal
८ फागुन, डडेल्धुरा । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से६प ६४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका-१० का मोटरसाइकल चालक २३ वर्षीय पवन छत्याल र वडानम्बर ७ का २२ वर्षीय प्रेम हमालको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी प्रविण धितालले जानकारी दिए । दुर्घटना मंगलबार राति ११ बजे भएको हो ।
सोही दुर्घटनामा परी आकाशबहादुर सिंह घाइते भएका छन् । घाइते सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।घाइते सिंहले बुधबार बिहान होसमा आएपछि जानकारी दिएपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले बताएको छ । मोटरसाइकल सडकबाट झण्डै ४०/५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
February 20, 2019 2:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...