बंगलादेशको ढाकामा भीषण आगलागी, ५० जनाको ज्यान गयो
बंगलादेशको राजधानी ढाकाको व्यस्त क्षेत्रमा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ । बुधबार रातिबाट सुरु भएकाे आगलागीमा परि कम्तीमा ४० जना गम्भीर घाइते भएको डेली स्टारले जनाएको छ ।

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानका अनुसार हताहत हुनेको संख्या अझै बढ्न सक्नेछ । राजधानीको पुरानो शहर क्षेत्रको चोक बजारमा रहेको रासायनिक पदार्थ राखिएको घरबाट फैलिएको आगो आसपासका घरमा समेत लागेको थियो । आगो निभाउनका लागि ३७ वटा दमकल प्रयोग गरिएको थियो ।

अहिलेसम्म १२ जनाको शव निकालिएको छ भने आगो लगभग निभाइसकिएको छ । आगो पूर्ण रुपमा निभाइसकेपछि अरु शवहरु निकालिने बंगलादेशी अधिकारीले जानकारी दिएका छन् ।

आगो लाग्नुको कारण भने खुलेको छैन । आसपासका केही मानिसहरुले भने सिलिण्डर पड्केर आगलागी सुरु भएको बताएका छन् । यसअघि सन् २०१० मा बंगलादेशको निमतोलीमा आगलागी हुँदा १२३ जनाको ज्यान गएको थियो । त्यसपछि लगातार रासायनिक पदार्थको गोदामा मानव बस्ती वरपर नराख्न सरकारलाई दबाद दिइँदै आएको भए पनि प्रभावकारी हुन सकेको छैन ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी