Monday 16th March 2026

साहित्यकार शिव रेग्मीको निधन

7 years अगाडी

काठमाण्डाै : वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।

विक्रम संवत् १९९८ असोज १ मा काठमाण्डाैमा जन्मनुभएका रेग्मीलाई बुधबार सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाण्डाै मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उनको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिए ।

चिनी र उच्च रक्तचापबाट पीडित भए पनि उनिमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उनको निधन भएको जानकारी अस्पतालले दिएको उनले बताए । स्वर्गीय रेग्मीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि : दृष्टिकोण’ आदि उनिद्वारा सम्पादित कृति प्रकाशित छन् ।

उनि गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित छन । त्यस्तै २०७० सालमा उनलाई मदन पुरस्कार गठनले जगदम्बाश्री पुरस्कार प्रदान गरेकाे थियाे ।

          February 21, 2019 9:35 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...