‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप !
नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको कुरा हो । तर नाममै छ धेरैथोक । कहिलेकाहीँ नामले नै सबैलाई अचम्ममा पारिदिन्छ ।
हो, त्यस्तै अचम्ममा पारिदिएको छ हालसालै भारतको बिहारको लोक स्वास्थ्य अभियन्त्रण विभागले लिएको जुनियर इञ्जिनियरिङको परीक्षाले । विभागले लिएको परीक्षमा ‘सनी लियोनी’ ले टप गरेकी छिन् । उनी अभिनेत्री सनी लियोनी भने होइनन् । तर पनि यसमा सनी लियोनी पनि जोडिन आइपुगेकी छिन् ।
विभागमा आवेदन दिने १७ हजार आवेदकमध्ये ‘सनी लियोनी’ नाम गरेकी आवेदकले डिप्लोमामा प्राप्त गरेको अंकका आधारमा उनलाई शीर्ष स्थानमा राखिएको हो ।
तर विभागले सनी लियोनी नाम गरेको आवेदक सही हो कि नक्कली हो भनेर शैक्षिक प्रमाणपत्रहरु भेरिफिकेसनपश्चात मात्रै पत्ता लाग्ने बताएको छ । जन्ममिति मे १३, १९९१ उल्लेख गरिएको सनी लियोनीले डिप्लोमामा ९८.५० प्रतिशत हासिल गरेको प्रमाणपत्र उल्लेख गरेको विभागका सहसचिव अशोक कुमारले बताएका छन् ।
सामाजिक सञ्जालमा समाचार भाइरल बनेसँगै अभिनेत्री सनी लियोनीले ट्वीट गर्दै रमाइलो गरेकी छिन् । उनी लेख्छिन्, हाहा, म निकै नै खुशी छु कि अर्की सनीले यति राम्रो अंक हासिल गरेकी छिन् ।’
बिहार लोक स्वास्थ्य अभियन्त्रण विभागले भने यदि आवेदक नक्कली निस्किए कारबाही गर्ने बताएको छ । अनलाइन आवेदनको दुरुपयोग गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने विभागले जनाएको छ । परीक्षामा तेस्राे स्थान हासिल गर्नेकाे नाम bvxzbnnb भएकाले पनि कतिपय आवेदन नक्कली हाे कि भन्ने आशंका गरिएकाे छ ।
February 21, 2019 10:52 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री