शाहरुखकी छोरी सुहाना यी युवासँग डेट गर्न चाहन्छिन् !
अहिले बलिउडमा स्टार किड्स चम्किएका छन् । जान्भी कपुरदेखि सारा खानसम्म । यी दुबैले बलिउड डेब्यु गरे, जसले उनीहरुलाई लाइमलाइटमा ल्याइदियो ।शाहरुख खान पुत्री सुहाना भने बलिउडमा यसैपनि लाइमलाइटमा रहन्छिन् । कहिले समुन्द्री किनारमा विकिनी पोज दिइरहेको त, कहिले आफ्नै कोठामा नुडल्स उमालिरहेको कुराले उनलाई चर्चामा ल्याउने गर्छ ।
सुहाना अब हुर्किसकेकी छिन् । अब उनी खुलेर प्रेम र रोमान्सको कुरा गर्ने भइसकेकी छिन् । हालैमात्र सुहानालाई सोधियो, ‘कुन अभिनेतासँग तपाईं डेट गर्न चाहनुहुन्छ ?’ शाहरुख-गौरीकी यी ग्ल्यामरस छोरीको जवाफ यस्तो थियो । उनले दक्षिण कोरियन पप सिंगर, अभिनेता, गीतकार एवं मोडल किम जुम म्यानको तस्वीर शेयर गर्दै लेखिन्, ‘उनीसँग ।’
सुहानासँग इन्स्टाग्राम च्याट सेशनको क्रममा यस्तो प्रश्न सोधिएको थियो । सुहाना पनि कोरियाका युवतीहरु जस्तै किम जुन म्यानका डाइहार्ट फ्यान हुन् । उनी एक स्टेज र्फममेन्सबाट निकै चर्चामा आएका थिए । भनिहालौं, सुहाना यतिबेला लन्डनमा बसेर पठनपाठन गरिरहेकी छिन् । उनी त्यहाँको विद्यालयमा मञ्चन भइरहेको नाटक रोमियो जुलियटमा जुलियटको भूमिका निर्वाह गरिरहेकी छिन् । शाहरुख पनि आफ्ना छोरीको नाटक हेर्न लन्डन पुगेका थिए ।
February 21, 2019 11:42 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री