Friday 3rd April 2026

पूर्व युवराज पारस शाह गेरु वस्त्रमा सजिएर यतिबेला पोखरामा के गर्दैछन् ?

8 years अगाडी

पोखरा, असार । पूर्व युवराज पारस शाह गेरु वस्त्रमा सजिएर यतिबेला पोखरामा छन् । गोरखाको गोरखनाथको दर्शनपछि पोखरा पुगेका पूर्व युवराज पारस यतिबेला आफ्ना शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाटमा व्यस्त देखिएका छन् ।पोखराको लेकसाइडमा रेण्टुरेण्ट व्यवसाय गर्दै आएका रेशम गुरुङसँगै पोखरमा रहेका शाहले पोखरा रंगशालमा पुगी खेलाडीहरुसँग आइतबार भेटघाट गरे । भेटघाटमा विभिन्न विधाका ४० खेलाडीहरुको सहभागीता रहेको थियो ।

उक्त भेटघाटमा पारसले खेलकुदमा राजनीति भएको भनेर आरोप लगाएका थिए । साथै उनले आफू खेलाडीहरुको साथमा रहेको पनि भन्न भ्याए ।उनले आफूपनि जनता भएको भन्दै यतिबेला नेपाल कसरी जोगाउन सकिन्छ भन्नेमा  चिन्तित रहेको धारणा राखे पारसले यस पटक पोखरामा सामान्य नागरिकहरुसँगको भेटघाट बाक्लो बनाउनुका साथै आफ्ना शुभेच्छुकहरुसँगै खाना खाने र बास बस्ने कामसमेत गरेका छन् । साथै शुभेच्छुकहरुसँगै बसेर उनले विश्वकप फुटबलसमेत हेरेका थिए ।

उनी आइतबार विशेष भेटघाटमा व्यस्त देखिए । उनलाई काँग्रेस नेताहरुले गाेप्यरुपमा भेटेर हिन्दु राज्य र राजसंस्थाले मात्र देशलाई भलो गर्ने भन्दै त्यसबारे सुझाएको स्रोतले बताएको छ । उनी अझै एक दुई दिन पोखरामै बस्ने कार्यक्रम रहेको छ ।

          June 26, 2018 10:28 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...