ओमानमा प्रवासी नेपाली एकता मंचले मनायो जनयुद्ध दिवस हेर्नुहोस फोटो फिचर
रितु शर्मा / ओमान ,प्रवासी नेपाली एकता मंच ओमानले यहि 2019- फेब्रुअरी 22 तारिख शुक्रबार बिदाको दिन पारेर २४औं जनयुद्ध दिवस मनाएको छ। रूस्ताख नख्खलका ओमानी स्थान हरूको अवलोकन भ्रमण सहित सम्पन्न कार्यक्रममा जनयुद्ध दिवसको खुशी थियो भने युद्धमा ज्यान गुमाउन पुगेका शहीदहरूको सम्झनामा दु:ख श्रद्धा र सम्मान पनि थियो । घाइते, अपाङ्ग , बेपत्ता र शहीद परिवारको सम्मान पनि कार्यक्रममा देखिन्थ्यो ।
बिक्रम संबत २०५२ फागुन बाट तत्कालीन नेकपा माओवादीले शुरु गरेको जनयुद्धले नेपाली जनता बिच एउटा बैचारिक संदेश संप्रेषण गर्यो । जसले गर्दा सबै जात -जाति, र भाषा- भाषी अनि वर्गिय बिभेदका पर्खालहरू तोडेर आफ्नो अधिकार र सिङ्गो राष्ट्रको लागि लड्ने एउटा हौसला प्रदान गर्ने काम गर्यो ।
“लैङ्गिक , जातिय ,क्षेत्रिय मुख्यतया वर्गिय विभेद रहित समान अवसरको लागि जनवादी सत्ता ” को लागि बन्दुक ऊठाएको माओवादी युद्ध २०६२/६३ को जन आन्दोलन पश्चात “संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल” मा समाहित भएको थियो भने यस उपलब्धी संगै देशमा जारी जन युद्धको शान्ति पूर्ण अवतरण गरिएको थियो ।
अठार हजार नेपाली आमाका संततिको बलिदान र तत्कालीन नेकपा एमाले, नेपाली कांग्रेस लगायतका सात दलको शान्ति पुर्ण जन आन्दोलन को बल र सहमतिको आधारमा सामन्तवादको प्रतिक २५० बर्ष पुरानो शाहबंशिय राजतन्त्र लाई फाल्न सफल हुँदै नयाँ संविधान निर्माण गर्दै आज कम्युनिष्ट पार्टीको दुई तिहाई जनमतको प्रजातान्त्रिक सरकार गठन भएको छ र देश समाजबाद ऊन्मुख हुँदै अघि बढेको छ ।
यो उपलब्धिमा जनयुद्ध र शहीदहरूको योगदान अतुलनीय छ।ईतिहासको यो पाटोलाई नेपाली जनताले जहाँ रहेर पनि बुझ्न जरूरि छ। उक्त कार्यक्रमक आयोजकको यही भनाई रहेको थियो । शहिदहरू प्रति सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै शुरु भएको अवलोकन भ्रमण कार्यक्रममा बैचारिक र मनोरञ्जनात्मक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको छ।
श्री उमेश बि-क को अध्यक्षता र महेश न्यौपानेको संचालनमा सुरू भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य भूपेन्द्र बाब्लिले राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एन आर एन ए का सचिव डि-बि क्षेत्री बिशेष अतिथि ओ एन एफ का गिरमान शाह अतिथि हरू नेपाल तामाङ समाज ओमानका अध्यक्ष तेज बहादुर तामाङ, दलित एकता संजाल ओमानका अध्यक्ष सुरेश बराईलि, प्रवास खबर डट कम प्रतिनिधि रिता शर्मा, पाल्पाली समाज ओमानका अध्यक्ष राजु अधिकारी अन्तर्राष्ट्रिय साहित्य समाजका सचिव तथा कलाकार अनुप पाण्डे लगायतका ब्याक्तित्व हरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मंचले भैपरि आउने समस्यामा सहयोग पुर्याउने उदेश्यले ” राहत कोष ” को गठन गर्दै उत्साहि केहि दानी सज्जनहरू बाट सहयोग समेत संकलन गरेको थियो ।उक्त रकम अप्ठ्यारोमा परेका नेपालीहरूको सहयोगार्थ खर्च गरिने मंचले जनाएको छ ।
February 24, 2019 12:19 pm | प्रवास