

यी हुन् बलिउड अभिनेत्री श्रद्धा कपुरका नेपाली ब्वायफ्रेण्ड (भिडियो)

काठमाडौं । संसारकै दोस्रो ठूलो मनोरञ्जन उद्योग बलिउडमा नेपाली मूलका एक युवाको ‘अफेयर्स’ अहिले चर्चाको शिखरमा छ । नयाँ पुस्ताकी चर्चित अभिनेत्री श्रद्धा कपुरसँग जोडिएपछि उनीहरूको सम्बन्धलाई लिएर चलेको गसिपले बलिउड बजार गर्माएको छ । पछिल्ला केही महिनायता सुन्दर अभिनेत्री श्रद्धासँग जोडिएर चर्चामा छाउने नेपाली मूलका युवा हुन्—बलिउडका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठ ।
रोहन बलिउडका चर्चित सेलिब्रेटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । डिसेम्बर ८ मा नवभारत टाइम्सले आफ्नो अनलाइन संस्करणमा ‘ब्वाइफ्रेन्ड रोहन श्रेष्ठसँग फेरि देखिइन श्रद्धा कपुर’ शीर्षककाधे समाचार प्रकाशन गरेको छ ।
‘खैरो ज्याकेट, ह्वाइट एन्ड ग्रिन स्ट्राइपड ड्रेस लगाएकी श्रद्धा त्यतिबेला निकै सुन्दर देखिएकी थिइन् भने रोहन पनि क्याजुअल आउटफिटमा स्मार्ट देखिन्थे,’ नवभारत टाइम्सले लेखेको छ, ‘अगाडि क्यामेरा देखेर पनि दुवैले लुक्ने प्रयास गरेनन्, बरु स्माइल दिए ।’ समाचारमा श्रद्धा र रोहन पहिलो पटक करण जौहरको दीपावली पार्टीमा सँगै देखिएको कुरा बताउँदै त्यही बेलादेखि उनीहरूको रिलेसनसिपको चर्चा सुरु भएको उल्लेख गरिएको छ ।
फस्र्टपोस्टले गत अक्टोबरमा श्रद्धा र रोहनको अफेयर्सको समाचारमा ‘साइना’को सुटिङमा रहँदा श्रद्धालाई डेंगु भएर अस्पताल भर्ना गरिएका बेला एउटा तस्बिर चर्चामा रहेको उल्लेख गरेको छ ।
‘श्रद्धाले आफ्नो एउटा पुरानो तस्बिर हालै आफ्नो अफिसियल इन्स्ट्राग्राम एकाउन्टमा सेयर गरेकी छिन्,’ फस्र्टपोस्टले लेखेको छ, ‘चाखलाग्दो कुरा के छ भने श्रद्धाको उक्त तस्बिर उनका ब्वाइफ्रेन्ड रोहन श्रेष्ठले खिचेका हुन्, जसलाई श्रद्धाले तस्बिरको क्याप्सनमा एड गरेकी छिन् । यति मात्र होइन, सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठले पनि आफ्नो इन्स्ट्रा स्टोरीमा श्रद्धाका तस्बिरहरूको कोलाज सेयर गरेका छन् ।’
February 24, 2019 12:31 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

