रहेनन् भाषाशास्त्री बालकृष्ण पोखरेल
मोरङ – वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । गएको शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना भएका पोखरेलको शनिबार राति निधन भएको हो ।
मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भाषाविद् पोखरेल एक महिनादेखि थलिएका थिए । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किममा रहेको गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो ।
गान्टोकबाट काठमाण्डौ ल्याई उनको नर्भिक अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा एक्कासी स्वास्थ्य बिग्रिएपछि गएको शनिबार श्री अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर लगिएको थियो । उनको शनिबार राति १ बजे विराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो ।
पोखरेलले १ सय ३० वटा बढी पुस्तक लेखेका छन् । उनले बालकृष्ण पोखरेलकै नामबाट भने ३ वटा पुस्तक मात्र लेखेका छन् । खस जातिको इतिहास, ५०० वर्ष र भाषाको शब्दकोष लेखेका छन् । उनलाई नजिकैबाट अध्ययन गरेकी कवि सीमा आभाषका अनुसार पोखरेलले आफ्नै नामबाट पुस्तक कति लेखे भन्ने थाहा नभए पनि विभिन्न नामबाट उनले पुस्तक लेखेका थिए ।
साहित्य योगदान
पोखरेलको जन्म वि.सं. १९९० भाद्र कृष्णाष्टमीमा भएको हो । बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा चिसापानीगढी, मकवानपुरमा भएको हो । उनी रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन् ।
उनी कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहेका थिए । २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गर्ने पोखरेलले २०४६ मा अवकास लिएर स्वतन्त्र रूपमा अध्ययन गरेको पाइन्छ ।
उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहे । यही समयमा उनले बृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पुर्याएका छन् । पोखरेलले विभिन्न छद्म नामबाट विभिन्न कृतिहरूको रचना गरेका छन् । पोखरेल अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा आवद्ध थिए ।
February 24, 2019 2:34 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी