जब ८२ वर्षिया वृद्धा यमकलीले गोकर्ण बिस्टसंग यस्तो माग राखेपछि, बिस्टले उतिबेलै उनको माग पुरागरिदिए
सेतै फुलेको कपाल । कुप्रो परेको शरिरमा लौरो टेकेर स्याँस्याँ गर्दै उकालो लाग्दै थिईन् खाली पैतालोमा एउटी वृद्धा ।सोमबार गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजित शहिद स्मृति पार्कको शिलन्यास गर्न सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट आउँदै छन भन्ने थाहा पाएपछि स्थानीय बृद्धबृद्धादेखि बालकसम्म मन्त्री विष्टलाई हेर्न आउँदै थिए ।खाली खुट्टा लौरोको सहारामा बढो मुस्किलले उकाले लाग्दै गरेकी ८२ वर्षिया वृद्धा यमकली नेपालीलाई मन्त्री विष्टले देखेपछि सहयोगीलाई संकेत गर्दै उनलाई तिनै सहयोगीले डोराएर लिन पुगे । कार्यक्रम हेर्न आउनुभएको हो आमा ? भनेर सोध्दा उनी भन्दै थिईन– ‘अँ गोकर्ण विष्ट आउँछन रे भन्ने सुनेर उनलाई हेर्न आईकिम (आएकी हुँ) तर के गरु आँखा भने देख्नि । ’
उनले मान्छे नचिन्ने गरी धमीलो मात्रै देख्ने बताईन । हातखुट्टा फुटेका थिए । खाली पैतला चिराचिरा परेका थिए । आमा जुत्ता चप्पल कहिल्यै लगाउनुभएको छैन भन्ने प्रश्नमा उनले भनिन्– ‘धेरै वर्ष भयो खुट्टामा चप्पल नपरेको कसले ल्याईदेओस र लगाम ?’उनको पुर्खेयौली घर सोही गाउँपालिका साबिकको धुर्कोट गाविस करमचाल्ने रहेछ । हाल सोही गाउँपालिकाको जैसीथोकमा वसोवास गर्छिन । उनका श्रीमान भीमबहादुर नेपालीको ३० वर्षअघि मृत्यु भएछ । एक छोरा र तिन छोरी रहेकी उनले भनिन्– ‘वर्षौं भयो छोरीहरु कहाँ छन् भन्ने अत्तोपत्तो छैन, घरमा बुहारी मात्रै छ, छोरा पनि चार पाँच वर्ष भयो कहाँ छ भन्ने थाह छैन् । साह्रो गोता पाएकी छु, रेखदेख गर्ने कोही छैन ।’
मन्त्री विष्टको संकेतमा उनलाई मञ्चको अगाडिको सिटमै बसालियो । उनले गोकर्ण विष्टसँग दुख पोख्न आएको बताउँदै अहिलेसम्म घरमा बत्ति बाल्न नसकेको दुखेसो पोखिन् । धुर्कोट गाउँपालिकाले ‘एक घर एक धारा’ अभियान सुरु गरेको छ ।धारामा पानी आउन करिव १४ हजार जम्मा गर्नपर्छ भनेको उनले बताईन् ।उनले भनिन– ‘त्यत्रो पैसा मैले कहाँबाट जम्मा गरुँ ? अलि–अलि जमिन त छ तर त्यहाँ कसले खेती गरीदेओस् ? दिदी बहिनीले दिन्छन र विहान बेलुकाको गुजारा चलाउँछु । मेरो अरु उपाय केहि छैन ।’
कार्यक्रम समापनपछि मन्त्री विष्ट उनको छेवैमा आएर सोधपुछ गर्न थाले । उनले घरमा बत्ति बाल्न नसकेको र पानी धारा पनि राख्न नसकेको त्यही गुनासो राखिन् । मन्त्री विष्टले तत्काल उनलाई भने– ‘ढुक्क हुनुहोस् आमा, तपाई कहाँ बत्ति र धाराका लागि एक पैसा लाग्ने छैन ।’ साथमा रहेका धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेललगायतले पनि उक्त कार्य पुरा गरीदिने वाचा व्यक्त गरे ।ति वृद्वा जस्तै गुनासो लिएर आएका थिए– जैसीथोककै ७७ वर्षीय रिखबहादुर विक पनि । उनले श्रीमति पनि आफू जस्तै वृद्वा रहेको र काम गर्न नसकेर दुख पाएको भन्दै उनले मन्त्री विष्टसँग त्यहीँ दुख पोखे
June 26, 2018 11:12 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: