जनकपुरमा साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने
धनुषा – मैथिली कला संस्कृति, भाषा एवं साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।मैथिली विकास कोषको आयोजनामा आउँदाे फागुन १८ गतेदेखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।
मैथिली विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी ६ दिवसीय महोत्सवमा साहित्य, समाज, अर्थ, राजनीति, कला, संस्कृति विषयमा विमर्श तथा आधुनिक एवं लोककला प्रर्दशन, मिथिला चित्रकला, सिक्की बाँस आदिको कलात्मक प्रदर्शन र अन्य महत्वपूर्ण वैचारिक विमर्श हुने जनाएको छ ।
यस्तै यस महोत्सवमा मैथिली नाट्य प्रर्दशन, रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम लोककला, ललितकला, मिथिलाको भोजन एवम पुस्तक प्रदर्शनीसमेत राखिएको कोषका अध्यक्ष जीवनाथ चौधरीले बताउनुभयो । उहाँका अनुसार यस महोत्सवमा नेपाल, भारत, अफगानिस्तानलगायत अन्य देशका समेत विद्वान एवं कलाकारहरु सहभागी हुनेछन् ।
February 26, 2019 11:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी