निर्दोषलाई दोषी ठानेर ३९ वर्ष जेलमा राखियो, अब साढे २ अर्ब क्षतिपुर्ती दिइने
एजेन्सी। क्रेग कोलीले आफ्नो जीवनको ३९ वर्ष अनाहकमै जेलमा बिताउनुपर्यो । तर, ७१ वर्षीय क्रेगले बाँकी जीवन भने एक धनी व्यक्तिको रुपमा बिताउने भएका छन् । सिमी भ्यालीले गत शनिबार क्रेगलाई २.१ करोड डलर प्रदान गर्दै उनको मुद्दा अन्त्य गर्ने घोषणा गरेको हो ।
सन् १९७८ मा रोन्डा विच र उनको ४ वर्षीय छोराको हत्या गरेको आरोपमा क्रेगले आफ्नो जीवनको झण्डै चार दशक जेलमा बिताउन बाध्य भए । क्यालिफोर्नियाको इतिहासमा यति लामो समयपछि मुद्दा उल्टिएको यो पहिलो पटक हो । ‘क्रेगमाथि जे भयो, त्यसलाई कुनै पनि रकमले परिपूर्ती गर्न सकिँदैन,’ सहरका म्यानेजर एरिक लेभिटले भने, ‘अब उनको मुद्दा सेटल गर्नु नै उनको र समाजको हितमा हुनेछ ।’
यो मुद्दालाई लामो समय तन्काउनु खर्चिलो र गैरजिम्मेवारपूर्ण हुने उनको भनाई छ । यसरी गलत रुपमा सजाय पाएकाहरुको मुद्दामा क्षतिपूर्ती दिने विषय प्रायः लामो समयसम्म तन्किने गरेका छन् । तर, क्रेगको विषयमा भने त्यस्तो भएन । सरकारको हरेक निकाय उनको मुद्दा चाँडो समाधान गर्ने पक्षमा छन् ।
सन् २०१७ मा तत्कालिन गर्भनर जेरी ब्राउनले क्रेगलाई अममाफी दिएका थिए । गत वर्ष क्यालिफोर्नियाको भिक्टिम कम्पनसेसन बोर्डले उनलाई जेल बिताएको १३,९९१ दिनका लागि प्रतिदन १४० डलरको दरले २० लाख डलर क्षतिपूर्ती दिएको थियो । केही महिनापछि क्रेगले थप क्षतिपूर्तीका लागि मुद्दा दायर गरे । अब उनले पाउने थप रकममा सहरले ४९ लाख डलर प्रदान गर्नेछ भने बाँकी रकम इन्सुरेन्स र अन्य स्रोतबाट प्रदान गरिनेछ ।
February 26, 2019 3:42 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव