अभिनेत्री दिव्या भारतीका मृत्यु बारेमा यस्तो भने उनका बाबुले !
बलिउड अभिनेत्री दिव्या भारती जम्मा १९ वर्षकी थिइन् जब अफार्टमेन्टको पाँचौ तलबाट खेसर उनको मृत्यु भयो । ५ अप्रिल १९९३ मा उनले जीवनको अन्तिम सास लिएकी थिइन् । उनको मृत्युको रहस्य हालसम्म पनि पूर्ण रुपले खुलेको छैन । उनको ४५ औं पूण्यतिथिका अवसरा उनको जीवनको अन्मि ६० मिनेटबारे जानकारी दिने प्रयास गरिएको छ ।
चेन्नईबाट शूटिंग गरेर फर्केकी दिव्यालाई एक अन्य शूटका लागि जानु थियो । तर उनले त्यसलाई स्थगित गरिदिन् । उनकी डिजाइनर नीता लल्लाको एक फोन आयो जो उनीसँग भेटेर अपकमिंग फिल्म आन्दोलनका लागि उनको कस्ट्यूम तय गर्नेवाली थिइने । नीता र उनका साइक्याट्रिक श्रीमान श्याम लल्ला दिव्याका घरमा थिए जब उनको पाँचौ तलाबाट खसेर मृत्यु भयो ।
तीनै जना ड्राइंग रुपमा बसेर मदिरा सेवन गरिरहेका थिए । दिव्या निकै मातिसकेकी थिइन् । दिव्याको घरमा काम गर्ने अमृता किचनमा थिइन् र केही स्न्याक्स बनाउँदै थिइन् । जुन तीनै जनाले मदिरासँगै लिने थिए । अमृता किचनबाटै दिव्यासँग कुरा पनि गरिरहेकी थिइन् । त्यो बला नीता र श्याम टिभी हेरिरहेको पनि दाबी गरिन्छ, जब दिव्या चुपचाप बालकोनीमा गइन र रेलिंगमा अडिइन् ।
जब उनी मोडिइन् अचानक सन्तुलन विग्रेर उनी त्यहाँबाट खसिन् । जब प्यारामेडिकल टीम त्यहाँ पुग्यो त्यतिबेलासम्म दिव्या जीवितै रहेको बताइन्छ । तर दिव्याको मृत्युपछि धेरै प्रकारका षड्यन्त्रका अनुमान पनि गरिए । एक म्यागजीनसँग कुरा गर्दै दिव्याका बाबुले भनेका थिए, ‘सुसाइड र हत्या जस्तो केही पनि होइन । हो, उसले थोरै मदिरा पिएकी थिइ । तर तपाईँ आधा घण्टामा खासमा कति मदिरा लिन सक्नुहुन्छ ?’
उनले आफ्नाी छोरी डिप्रेशनमा नभएकोसमेत बताएका थिए । उनले भनेका थिए, ‘उ त्यो किसिमकी केटी थिइ जसले अरुलाई डिप्रशन गराउँन सक्थी ।’ उनले यो एक दुर्घटना भएको बताए । उनले भनेका थिए, ‘उ रेलिंगमा बसी आफ्नो सन्तुलन हराएपछि खसी । दुर्भाग्यवश सबै फ्ल्याट्समा ग्रिल लगाइएको थियो बाहेक दिव्याको फ्ल्याट । हरेक राती फ्ल्याट्सको तल निकै गाडी हुन्थे, त्यो दिन एक पनि गाडी थिएन । म बेहोश भएको थिएँ । तर, अन्ततः हामीले वास्ताविकताको सामना गर्नै पर्छ ।’
February 27, 2019 10:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री