Monday 16th March 2026

कोरियामा एक नेपालीको मेसिनमा चेपिएर दर्दनाक मृत्यु

7 years अगाडी

दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो ।

तुम्बापो दुई वर्षअघि इपिएसमार्पmत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए । मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । केेेहि समय अगाडीको घटना

आमाको गुनासो ‘बुहारीसँग घण्टौं कुरा गर्ने छोरा हामीसँग किन बोल्दैन’:- रामकुमार थापा –धादिङ, ‘किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो ।’ छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी हरिमाया (नाम परिवर्तन)का आँखा भरिए ।

तर आँसु झर्न नपाउँदै पटुकाको फेरले पुछ्नुभयो अनि आफैंले चित्त बुझाउनुभयो ‘सन्चो बिसन्चो थाहा भइहाल्छ त्यही भएर फोन नगरेको होला ।’हरिमायालाई चित्त दुख्नु अस्वभाविक थिएन । किनकी छोरा भनेपनि छोरी भनेपनि एकजना मात्रै थिए ।आफू ६० टेकिसकेका बेला भएको एउटा सन्तान पनि विदेशीदा हरिमायाको मन त्यतिबेलै कुँडिएको थियो । ‘तर पनि गरिखानलाई रोक्नु पनि त भएन’ हरिमायाले भन्नुभयो ।

मलेसिया गएको ५ वर्ष भन्दा धेरै भयो । महिनौ हुँदा पनि बोल्न नपाएकी हरिमाया एक पटक बुहारी छोरासँग बोलिरहेका बेला सुन्नलाई नजिक जानुभएको थियो, त्यही निहुँमा बुहारीसँग झगडा पनि पर्यो । बुहारीले चियो गर्न आएको भनेपछि झगडा परेको सुनाउनुभयो हरिमायाले ।

सानीकान्छी (नाम परिवर्तन) छोराको आवाज सुन्नकै लागि भएपनि साँझ अबेला सुत्नुहुन्छ । कारण छोराले बुहारीलाई राति मात्रै फोन गर्छन् । छोरासँग बोल्न नपाएको वर्ष दिन भएपछि उहाँ रातिसम्म सुत्नुहुन्न् । बुहारीले बोलेको आधारमा उहाँ छोरालाई राम्रै रहेछ भन्ने अड्कल काट्नुहुन्छ ।

सानीकान्छीका छोरा मलेसिया गएको चार वर्ष भयो । यो चार वर्षमा मा उहाँलाई मुस्किलले चार पाँच पटक मात्रै बोल्न पाउनुभएको छ । त्यसैले कहिले काहिँ उहाँलाई बिहे गरेपछि छोरा पनि बेग्लै हुन्छ की ? अनि मायाँ कम हुन्छ की ? जस्तो लाग्छ । तर उहाँको यो प्रश्नको उत्तर दिने कोही छैन । त्यसैले एक दिन त छोराको मन फर्किएला भन्ने आशामा हुनुहुन्छ ।

हरिमाया र सानीकान्छीको भन्दा फरक छैन निलकण्ठ नगरपालिकाकी फुलकुमारी (नाम परिवर्तन)को व्यथा पनि । उहाँको पनि कतार गएको छोराको फोन दिन बिराएर आउँछ तर बुहारीलाई मात्रै । बुहारीसँग लामै कुरा गर्छन छोराले तर बुवाआमासँग महिनौ बित्दा पनि कुरा हुँदैन ।

फेरि उहाँ सानीकान्छीको जस्तो बुहारीसँग बोलेको सुनेर निदाउन सक्नुहुन्न् । ‘छोरोसँग बोल्न नपाउँदा मन पालेर सुत्नै सक्दिन केहि पो भयो की जस्तो लाग्छ । पापी मनै त हो के के सोच्न आउँछ ।’ फुलकुमारीले भन्नुहुन्छ ।

‘परदेशमा रहेकाहरुले घरमा रहेका बाआमा सँग बोल्दिए मात्रै पनि हामीलाई लाख हुन्छ’ परदेशीको बुवाआमा गुनासो गर्छन ‘तर उनीहरुले के सोच्छन कुन्नी बोल्न खोज्दैनन् । उसले कमाउने त उसकै लागि अनि उसकै परिवारको भविष्यका लागि त हो हामीलाई केही चाहिँदैन तर छोराहरुले यो सोच्दैनन जस्तो लाग्छ ।’

सन्चो विसन्चो त बुहारीबाट थाहा पाउँछन उनीहरुले तर आफैंले सुनेको जस्तो नलाग्ने उनीहरुको गुनासो छ । ‘हप्ताको एक दुई पटक समय मिलाएर फोन गरेर बाआमाको हालखबर सोधिदिए मात्रै हामीलाई पुग्थ्यो अरु केही चाहिँदैन’ हरिमाया भन्नुहुन्छ ।

त्यसमाथि फोन गर्ने अभिभावकहरुसँग भेट्दा झनै नरमाइलो लाग्ने उनीहरुको भनाइ छ । ‘उनीहरुले आफ्नो छोराछोरीले फोन गरिरहन्छ भन्दा हामीलाई कति नराम्रो हुँदो हो सोच्नुस् त ?’ हरिबहादुर (नाम परिवर्तन) ले दुखेसो पोख्नुभयो ।

          February 27, 2019 11:02 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...