यौन दुर्व्यवहारका अभियुक्त प्रधानाध्यापकलाई ५ वर्ष कैद
पर्वत – आफैँले पढाउने ४ बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानध्यापकलाई पर्वत जिल्ला अदालतले अधिकतम ५ वर्ष कैद सजाय सुनाएको छ ।
पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझिगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई मंगलबार पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ५ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
५० वर्षीय प्रधानाध्यापक पौडेलले विद्यालयमा गएको एक वर्षदेखि ७ वर्षीया दुईजना, १० वर्षीय एकजना र १२ वर्षीया एक बालिका गरी ४ जना बालिकालाई यौन हिंसा गरेको आरोपमा गएको साउनमा जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको थियो ।
बालिकाहरु टोलाउने, एकसुरे हुने र बिरामी हुने गरेपछि अभिभावकले सोध्दा शिक्षकले हिंसा गर्दै आएको खुलेको थियो । पीडित बालिकाहरुका अभिभावकहरुले प्रहरीमा साउन ६ गते नै उजुरी दिएका थिए ।
February 27, 2019 11:47 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी