पाकिस्तानले शुरु गर्यो भारतमाथी अप्रेशन : २ भारतीय लडाकु विमान खसाल्यो
काठमाडौ । भारतले पाकिस्तानको सिमामा छिरेर विस्फोट गराएको २४ घण्टा नवित्दै पाकिस्तानले अप्रेशन शुरु गरेको छ । पाकिस्तानको अप्रेशनमा भारतीय २ वटा फाईटर विमान खसालिसकेको सञ्चार माध्यममा खबर आएको छ ।
त्यसका दृष्यहरु समेत प्रकाशन, प्रशारण भइरहेका छन् । हिँजो मात्र भारतले पाकिस्तान घुसेर हजार किलोको बम खसालेको दाबीलाई पाकिस्तानले गलत साबित गरेको छ । यो बिचमा भारतीय सञ्चारमाध्यमहरुमा अहिले पाकिस्तानमा सक्रिय रहेको जैश ए मोहम्मद को अखडा ध्वस्त पारेको जनाएको छ ।
भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानको बालकोटमा भएको २१ मिनेट लामो अप्रेशनमा कम्तीमा ३५० जना आतंककारी मारिएका छन् । भारतले गरिरहेको यो दावा पछि पाकिस्तानी सेनाले आफ्नो क्षेत्रमा कुनैं पनि क्षत्रि नभएको चार पाँच वटा रुख ढलेको तर सीमा नाघेर पाकिस्तानको स्वाधिनतामा माथि खेलेको भन्दैं जवाफ फर्काउने जनाएको थियो । यो बिचमा आज कश्मीरको भारत प्रशासित क्षेत्रभित्र पाकिस्तानी लडाकु विमान प्रवेश गरेका छन् ।
भारतीय सञ्चारमाध्यमअनुसार बुधवार दिउँसो पाकिस्तानी वायु सेनाका दुईवटा विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेका हुन् । भारतीय एक अधिकारीका अनुसार “लडाकु विमान आज बिहान नौशेरा क्षेत्रमा भारतीय हवाई क्षेत्रमा प्रवेश गर्यो ।” यो बिचमा जम्मु कश्मीरमा भारतीय विमान दुर्घटनामा पर्दा २ पाइलट मारिएको जनाइएको छ । जीयो न्युज
February 27, 2019 1:07 pm | प्रवास