जानी राख्नुहोस्,बच्चाले सिक्का वा गुच्चा निलेमा के गर्ने ?
उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ ।खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप्ता कुर्न सकिन्छ । तर सिक्काको आकार ठूलो भएमा वा अन्य तिखो्धारितो बस्तु भएमा तुरुन्त निकाल्नुपर्ने हुन्छ ।
तर सिक्का आन्द्रामा पुगिसकेको भए जोखिम कम हुँदै जान्छ । सबैभन्दा खतरा भनेको बालबालिकाले ब्याट्रीहरू निल्नु हो । खेलौना र टिभीको रिमोटमा हुने साना ब्याट्री निलेमा त्यसमा भएको केमिकल बाहिर आउछ । त्यसले खानेनली फुटाउने र वरपरका अन्य अंगमा पनि असर गर्ने हुनसक्छ । ब्याट्री निलेमा सकेसम्म ४ घण्टाभित्र निकाल्ने प्रयास गर्नुपर्छ ।कहिलेकाही बालबालिकाले एसिड निल्न सक्छ । त्यसको सामान्य असरस्वरुप बान्ता हुनसक्छ । तर अन्य असर नदेखिने भएकाले अभिभावकहरूले निको भएको ठानेर उपचार गर्दैनन् । एसिडले कालान्तरमा पनि असर देखिने भएकाले बच्चालाई ढिलो नगरी अस्पताल पुर्याउनुपर्छ ।
June 26, 2018 11:39 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :