Monday 16th March 2026

मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

7 years अगाडी

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताएकाछन ।

उहाँद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सो प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमादार अर्जुन घिमिरेको निधनको खबरले मर्माहत बनाएको उल्लेख गरिएको छ ।

अधिकारीको निधनबाट हामीलाई अपूरणीय क्षति भएको छ र गण्डकी प्रदेशले मात्र होइन, राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उनिद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उनले भनेका छन् , “मन्त्री अधिकारीले आफूलाई प्राप्त हरेक राजनीतिक जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्नुका साथै जनप्रतिनिधि, संसद्को विकास समितिको सभापति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको भूमिकामा समेत आफूलाई अब्बल सावित गर्दै आउनुभएको थियो ।”

          February 28, 2019 12:47 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...