एकैसाथ पर्दामा देखिदै टाइगर र आलिया !
बलिउडका चर्चित नायक टाइगर श्राफ र नायिका आलिया भट्ट एकसाथ पर्दामा देखिने भएका छन् । उनीहरुले चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’मा एकसाथ काम गर्न लागेका हुन् । उनीहरुले चलचित्रको एक विशेष गीतमा स्कृन साझेदारी गर्दैछन् ।
बलिउड मिडियाका अनुसार आलिया चलचित्रको सानो भूमिका र गीतमा देखिने छिन् । आलिया र टाइगरको गीत भने आगमी साता खिचिने बताइएको छ । अहिले टिम गीतको छायांकनका लागि पूर्व तयारी गरिरहेको छ । गीतको छायांकनका लागि सुबुरबन स्टुडियोमा भब्य सेट तयार गरिएको छ । उक्त गीतको भिडियोलाई फराह खानले कोरियोग्राफी गर्नेछन् ।
‘स्टुडेन्ट अफ दि इयर’मा मुख्य भूमिका निर्वाह गरेका नायक वरुण धवन र सिद्धार्थ मल्होत्राले पनि यस चलचित्रमा विशेष भूमिका निर्वाह गर्नेछन् । उनीहरुको पनि आगामी साताको लागि छायांकन मिति तय गरिएको छ ।
पुनित मल्होत्राको निर्देशन रहेको ‘स्टुडेन्ट अफ दि इयर २’मा अनन्या पाण्डे र तारा सुतरियाको मुख्य भूमिका छ । धर्मा प्रोडक्सनको बनेको यो चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् । यो चलचित्र मे १० बाट रिलिज हुँदैछ ।
February 28, 2019 3:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री