एकैसाथ पर्दामा देखिदै टाइगर र आलिया !
बलिउडका चर्चित नायक टाइगर श्राफ र नायिका आलिया भट्ट एकसाथ पर्दामा देखिने भएका छन् । उनीहरुले चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’मा एकसाथ काम गर्न लागेका हुन् । उनीहरुले चलचित्रको एक विशेष गीतमा स्कृन साझेदारी गर्दैछन् ।
बलिउड मिडियाका अनुसार आलिया चलचित्रको सानो भूमिका र गीतमा देखिने छिन् । आलिया र टाइगरको गीत भने आगमी साता खिचिने बताइएको छ । अहिले टिम गीतको छायांकनका लागि पूर्व तयारी गरिरहेको छ । गीतको छायांकनका लागि सुबुरबन स्टुडियोमा भब्य सेट तयार गरिएको छ । उक्त गीतको भिडियोलाई फराह खानले कोरियोग्राफी गर्नेछन् ।
‘स्टुडेन्ट अफ दि इयर’मा मुख्य भूमिका निर्वाह गरेका नायक वरुण धवन र सिद्धार्थ मल्होत्राले पनि यस चलचित्रमा विशेष भूमिका निर्वाह गर्नेछन् । उनीहरुको पनि आगामी साताको लागि छायांकन मिति तय गरिएको छ ।
पुनित मल्होत्राको निर्देशन रहेको ‘स्टुडेन्ट अफ दि इयर २’मा अनन्या पाण्डे र तारा सुतरियाको मुख्य भूमिका छ । धर्मा प्रोडक्सनको बनेको यो चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् । यो चलचित्र मे १० बाट रिलिज हुँदैछ ।
February 28, 2019 3:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर