लण्डन रिर्टन्स नायिकासंग आर्यनको रोमान्स
नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समय लण्डन रिर्टन्स नायिका नायिकाहरु धेरै देखिएका छन् । लण्डनमै बसेर नेपाली सिनेमा क्षेत्रमा नेम र फेमका लागि आएका नायिकाहरुमा पर्छिन् मिरुना मगर । लालपूर्जाबाट डेब्यु गरेकी यी नायिकाको अहिलेसम्म २ वटा फिल्म मात्र रिलिज भए । उनको पछिल्लो पटक रिलिज भएको फिल्म हो रोज । उनको हातमा फिल्म नभएका होईनन् तर फिल्मकै कारण भने उनले भने जस्तो लोकप्रियता कमाउन सकिनन् ।
प्रदिप खड्काको नायिका बनेर पनि सिनेमा क्षेत्रमा जम्न नसकेको भन्ने टिप्पणी झेलिरहेकी मिरुना अब आर्यन सिग्देलको नायिका हुने भएकीछिन् । साम्तेन भुटियाले निर्देशन गर्न लागेको फिल्म चच हुईमा मिरुना र आर्यनको जोडी बाँधिएको हो । लाइट कमेडी धारमा निर्माण हुन लागिरहेको यस फिल्मका लागि मिरुना र आर्यन दुबै उत्साहित छन् ।
मिरुनालाई यही फिल्मबाट लक लाग्छ की भन्ने आसा पनि छ । उता आर्यन भने गर्भवती श्रीमतीलाई समय दिन पाएका छैनन् । उनको व्यस्तता निकै बढेको छ । भर्खरै मात्र हजार जुनीसम्मको सुटिङ सकेर आएका उनी आजै चच हुईको सुटिङका लागि जोमसोम उडेका छन् । अमृत घलेको निर्माणमा बन्न लागिरहेको उक्त फिल्मको सुटिङ जोमसोम, पोखरा, काठमाण्डौ हुँदै हङकङसम्म हुनेछ ।
March 1, 2019 10:43 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री