प्रियंका चोपडालाई युनिसेफको सद्भावना दूतबाट हटाउन पाकिस्तानकाे माग
पुलवामा आतंककारी हमला पछि भारतीय वायुसेनाद्वारा पाकिस्तानको बालाकोटमा गरिएको भनिएकाे एयर स्ट्राइकको भारतीय नागरिक लगायत बलिउडका कलाकारहरुले सराहना गरे ।साथै बलिउड कलाकारहरुले भारतीय सेनाको बहादुरीको प्रशंसा पनि गरे । बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि भारतीय वायुसेनाको हौसलाको प्रशंसा गर्दै ‘जयहिन्द’ लेखेर ट्वीट गरेकी थिइन् ।
तर प्रियंका चोपडाको भारतीय वायु सेनाको समर्थनलाई पाकिस्तानले पचाउन सकेन । पाकिस्तानले प्रियंकाको विरोध गर्दै उनलाई यूनिसेफको सद्भावना दूतबाट हटाउनुपर्ने माग गरेको छ । पाकिस्तानका तर्फबाट चोपडाविरुद्ध मुद्दा दर्ता गरिएको छ जसमा लेखिएको छ, ‘दुई देशबीच यदि न्यूक्लियर वार हुन्छ भने त्यसले केवल त्रासदी उत्पन्न हुन्छ । यूनिसेफको सद्भावना दूत भएका नाताले प्रियंका चोपडाले भारतीय वायुसेनाको समर्थन गर्दै ट्वीट गर्नुपर्ने थिएन । उनले शान्ति र निष्पक्षताको परिचय दिनु आवश्यक थियो । उनीद्वारा गरिएको ट्वीट एक यूनिसेफको सद्भावना दूतको नाताले गलत हो । उनी यस पदका लागि योग्य छैनन् ।’
फेब्रुअरी १४ मा भारतको कश्मीरमा रहेको पुलवामा क्षेत्रमा भएको आतंककारी हमला आतंकवादी संगठनले गरेको थियो । उक्त हमलामा ४० जना सैनीक जवान मारिएका थिए । त्यस हमलापछि भारत र पाकिस्तानबीच सुरु भएको विवादको असर दुवै देशका फिल्म उद्योगमा परेको छ । भारतमा पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध लगाइएको छ भने पाकिस्तानले आफ्नो देशमा भारतीय सिनेमा प्रदर्शन गर्न रोक लगाइदिएको छ ।
March 5, 2019 11:21 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री