सगरमाथा चढ्ने पहिलो भारतीय महिला बन्दै आलिया भट्ट !
बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् ।अरुणिमा सिंहाको बायोपिकका लागि आलिया तयार भएकी हुन् । अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा एक किताब प्रकाशित गरेकी छिन् । ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो जीवन संघर्ष उतारेकी छिन् । यो किताब अहिले आलियाले पढिरहेकी पनि छिन् ।
यो चलचित्रले आलियाको करिअरलाई धेरै सहयोग गर्ने अनुमान सुरु भइसकेको छ । चलचित्रको लागि आलियाले पनि भरपूर मिहिनेत गर्नेछिन् । खबरका अनुसार निर्माण युनिट र आलिया बीच औपचारिक सम्झौता भने हुन बाँकी नै छ । तर, चलचित्रको विषयलाई लिएर आलिया सकरात्मक छिन् । चलचित्रको छायांकन २०२० मा गरिने बताइएको छ ।
आलिया अभिनित चलचित्र ‘गल्ली ब्वाई’ हालै मात्र रिलिज भयो । यस चलचित्रबाट उनको कामको प्रशंसा नै भयो । अहिले आलिया ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छिन् । उनी अभिनित ‘कंलक र सडक २’ रिलिजको तयारीमा छन् ।
March 5, 2019 12:02 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री