के हुँदैछ जापानले नेपाली कामदार लैजाने प्रकृया ?
काठमाडौं – नेपाली कामदार लैजाने बिषयमा नेपाल र जापानबीच सरकारी संयन्त्रबाट नै गत जनवारीमा सहमति भएको छ । तर जापानले के कति संख्यामा कामदार लैजाने बिषयमा निक्र्यौल हुन नसक्दा रोजगारीका लागि जापान जाने इच्छा भएका नेपालीहरु अन्यौलमा परेका छन् ।
जापानका बिदेशमन्त्रीको नेपाल भ्रमणको दौरानमा नेपाल सरकारसंग नेपाली कामदार लैजानेबारे सहमति भएसंगै अहिले दुवै पक्षका सरकारबीच कामदार लैजानेबारे श्रम समझदारीका लागि मस्यौदा आदान प्रदान भईरहेको छ ।
साथै नेपाल सरकारले पछिल्लो समय जापान जाने कामदारहरुले जापान जानका लागि पढ्नुपर्ने जापानी भाषा परीक्षाको कोर्ष निर्धारण गरी स्पष्ट गर्न जापान सरकारसँग आग्रहसमेत गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
यता जापानी भाषा सिकाउने इन्स्टिच्युटहरुले भने भाषा सिकाउने नाममा ठगी नगरुन भन्ने हेतुले भाषाको कोर्ष स्पष्ट गर्न माग गरेको हो । यदी नेपाल सरकारलाई नेपालीले दिनुपर्ने जापानीज भाषको कोर्ष जापानले स्पष्ट परिदिए कुनै बिद्यार्थी ठगीमा पर्दैनन । यसैका लागि परीक्षाको सम्भावित कोर्ष उपलब्ध गराउन नेपाल सरकारले जापानलाई आग्रह गरेको छ ।
केही दिन अघि नेपाल सरकारलाई जापानले पठाएको समझदारीको मस्यौदा अनुसार भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारको रुपमा लैजाने उल्लेख छ । हाल स्टुडेन्ट भिषामा जाने विद्यार्थीले ५ औं तहको परीक्षा पास गरेर जाने गरेका छन् ।
जापानमा कामदारको संकट परेपछि नेपाल लगायत अन्य मुलुकका कामदार लैजाने नीति अँगालेको छ । उसले नेपालसहित चीन, फिलिपिन्स, मंगोलिया, म्यानमार, इण्डोनेसिया, थाइल्यान्ड र भियतनामबाट कामदार लैजाने योजना बनाएको छ ।
नेपालको मामिलामा भने अहिले नेपाल र जापान कामदार लैजाने विधि, प्रक्रिया, लागत लगायतका विषयमा छलफल भइरहे पनि मार्च महिना भित्रै यो बिषयमा दुईपक्षीय निष्कर्ष निकाल्ने तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ । गएको जनवारीमा काठमाडौंमा जापानी बिदेशमन्त्रीसहित बसेको नेपाल जापान संयुक्त प्राविधिक समितिको बैठकमा नेपालले गरेको प्रस्तावमाथि जापानले सहमति जनाएको थियो ।
भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट, लागत सहितका विषयमा जापान सरकारसँग समझदारी भएपछि मात्रै कामदार पठाउने प्रक्रिया थालनी हुनेछ । जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा बिदेशी कामदार लैजानेछ । जसमा नेपालीहरुले नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायतका क्षेत्रमा जान पाउनेछन् ।
March 5, 2019 2:36 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध