ट्रम्पले दिए मोदीलाई झट्का, भारतको अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने
अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ ।अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो नीतिले भारतको अर्थतन्त्रलाई नकारात्मक असर पर्न सक्ने बताइएको छ ।
लोकसभाको चुनाव अगाडि अमेरिकाले गरेको यो निर्णयले नरेन्द्र मोदीको सरकारलाई चुनौति थपिएको छ । अहिलेसम्म यो नीतिका कारण भारतबाट अमेरिका जाने एक हजार ९ सय ३० उत्पादनले अमेरिकामा आयात शुल्क तिर्नबाट बच्दथे ।
यो परिवर्तनपछि अमेरिकामा भारतको हस्तकलाका सामग्री, रसायन र कृषिमाआधारित उत्पादनले अब आयात शुल्क तिर्नुपर्नेछ । यसको यसको असरले हजारौँको रोजगारीमा संकट निम्त्याउन सक्ने बीबीसीले उल्लेख गरेको छ ।
सन् १९३० मा अमेरिकी सरकारले विकासशील देशको अर्थव्यवस्थालाई बलियो बनाउने उद्देश्यसहित यो नीति अपनाएको थियो । यो नीति अनुसार विकासशील देश आफ्ना केही उत्पादनलाई आयात शुल्क बिना अमेरिकालाई निर्यात गर्न सक्दथ्यो ।
March 6, 2019 11:11 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव