ट्रम्पले दिए मोदीलाई झट्का, भारतको अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने
अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ ।अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो नीतिले भारतको अर्थतन्त्रलाई नकारात्मक असर पर्न सक्ने बताइएको छ ।
लोकसभाको चुनाव अगाडि अमेरिकाले गरेको यो निर्णयले नरेन्द्र मोदीको सरकारलाई चुनौति थपिएको छ । अहिलेसम्म यो नीतिका कारण भारतबाट अमेरिका जाने एक हजार ९ सय ३० उत्पादनले अमेरिकामा आयात शुल्क तिर्नबाट बच्दथे ।
यो परिवर्तनपछि अमेरिकामा भारतको हस्तकलाका सामग्री, रसायन र कृषिमाआधारित उत्पादनले अब आयात शुल्क तिर्नुपर्नेछ । यसको यसको असरले हजारौँको रोजगारीमा संकट निम्त्याउन सक्ने बीबीसीले उल्लेख गरेको छ ।
सन् १९३० मा अमेरिकी सरकारले विकासशील देशको अर्थव्यवस्थालाई बलियो बनाउने उद्देश्यसहित यो नीति अपनाएको थियो । यो नीति अनुसार विकासशील देश आफ्ना केही उत्पादनलाई आयात शुल्क बिना अमेरिकालाई निर्यात गर्न सक्दथ्यो ।
March 6, 2019 11:11 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग