युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग
चितवन । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोर क्षेत्रमा युद्ध सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवन वा रोल्पामा युद्ध सङ्ग्रहालय बनाउने जनाएलगत्तै यहाँको स्थानीय तहले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएको हो ।
तेस्रो डिभिजन रहेको ठाउँ हाल कालिका नगरपालिकामा पर्दछ । सो नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले अध्यक्ष दाहालले दुई जिल्लामध्ये जहाँ जग्गा उपलब्ध हुन्छ, सोही ठाउँमा सङ्ग्रहालय बनाउने जनाएको भन्दै शक्तिखोरमा जग्गा उपलब्ध गराउन सकिने बताए । जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियाका क्रममा शक्तिखोरको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले युद्ध सङ्ग्रहालय बनाउन उपयुक्त हुने बताए ।
सो क्षेत्रका प्रदेशसभा सदस्य घनश्याम दाहालले युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउन उपयुक्त हुने बताए। स्वदेशी र विदेशी पर्यटकका लागि सङ्ग्रहालय महत्वपूर्ण हुने भन्दै उनले चितवन मध्यभागमा रहेकाले पनि सङ्ग्रहालय बनाउँदा सबैले सहज रुपमा अवलोकन गर्नसक्ने बताए ।
मुख्य रुपमा सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हातहतियार, बन्दोबस्तीका सामान, आक्रमणका रणनीतिक दस्तावेजलगायत सङ्कलन गरेर सङ्ग्रहालय बनाउन लागिएको हो ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले चितवन देशकै मध्यभागमा रहेको र विदेशी पर्यटकसमेतको आवतजावत बढी हुने भएकाले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्ने विचार राखे। जिल्लाको पर्यटकीय क्षेत्र सौराहा नजिकै शक्तिखोर रहेकाले पनि युद्ध सङ्ग्रहालय शक्तिखोरमा उपयुक्त हुने उनले बताए ।
March 6, 2019 11:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध