ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया
काठमाण्डाै – ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा. कपिल दवाडी र डा. सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
एन्युरिजम भनेको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुल्नु हो जुन फुट्यो भने आन्तरिक रक्तश्राव भई बिरामीको मृत्युसमेत हुनसक्ने कन्सल्ट्यान्ट न्युरोइमेजिङ एन्ड इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. फुयाल बताउनुहुन्छ । उहाँका अनुसार एन्युरिजम क्वाइलिङमा बिरामीको खप्पर नखोलिकनै गरिने भएकाले बिरामीका महत्वपूर्ण आन्तरिक अङ्गमा क्षति पुग्ने सम्भावना निकै कम हुन्छ ।
असह्य टाउको दुख्नुका साथै र बारम्बार अचेत भएपछि लमजुङबाट ल्याइएकी ६० वर्षीया वृद्ध महिलामा यो उपचार विधि अपनाएको थियो । अहिले बिरामीको स्वास्थ्य अवस्था राम्रो भई घर पठाइएको छ ।
नेपालमै यस किसिमको उपचार सम्भव भएकामा खुशी व्यक्त गर्दै बिरामीका आफन्त अमृत गुरुङले भन्नुभयो, “यसबारेमा धेरैलाई जानकारी नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ भने विदेशका महँगो अस्पतालमा लाखौँ रुपैयाँ खर्चिनु परेको छ ।”
अत्याधुनिक प्रविधि र वैज्ञानिक खोजलाई निरन्तर पछ्याइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सेरेब्रल एन्युरिजम क्वाइलिङ सफलतापूर्वक सम्पन्न गरेर नेपालमै सर्वोत्कृष्ट र विश्वस्तरीय उपचार हाम्रै देशमा गराउने अवसर बिरामीलाई दिन सफल भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले बताउनुभयो ।
March 7, 2019 2:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध