डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी
डडेल्धुरा : विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका दुई गरी आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार सौर्य टुकी वितरण गरिएको हो ।
अमरगढी नगरपालिकाभित्रका सबै छवटा र नवदुर्गा गाउँपालिकाका दुई माविमा अध्ययनरत कूल ५९४ विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले जानकारी गराए ।आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई टुकी दिइएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । औषतमा एक विद्यालयबाट कक्षा ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीलाई टुकी दिइने भनिए पनि विद्यालयले छनोट गर्दा गरीब, जेहेन्दार विद्यार्थी संख्या बढी हुन आएपछि टुकी पनि बढाइएको प्रमुख ओझाको भनाइ रहेको छ ।
टुकी वितरणअन्तर्गत मंगलबार अमरगढी सदरमुकाम खलंगामा रहेको महेन्द्र नमूना माविका ६३ जना विद्यार्थीलाई वितरण गरिएको अमरगढी नगरपालिकाले जनाएको छ ।बेलाबेलामा बत्ती गइरहने भएकाले सोलार टुकीले गृहकार्य गर्न तथा अध्ययनमा सहयोग मिल्ने भन्दै विद्यार्थी हर्षित बनेका छन् । अँध्यारोका कारण पढ्नबाट नरोकिने विद्यार्थीको भनाइ छ । एक वर्षको वारेण्टी भएका सौर्य टुकीबाट दुईवटा बल्व बाल्न सकिने वैकल्पिक ऊर्जा प्रवद्र्धनका प्रतिनिधि लालमणि पन्तले जनाए।दिनभरि घाममा राखे रातभरि दुईवटा चीम बाल्न मिल्ने सौर्य टुकीको अहिलेको बजार मूल्य तीन हजार ५०० रूपैयाँदेखि चार हजार रूपैयाँसम्म पर्ने जनाइएको छ ।
June 27, 2018 11:30 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: