हिम पहिरोमा पुरिएर मनाङमा एकजनाको मृत्यु, एक बेपत्ता
7 years अगाडी
Susma Dhakal
काठमाडौं, फागुन २५। हिम पहिरोमा परेर मनाङमा एकजना ट्रेकिङ्ग गाइडको ज्यान गएको छ । धादिङका ट्रेकिङ्ग गाइड अन्दाजी २५–२६ वर्षका अजय ढकालको हिउँ पहिरोमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
ढकालको शव शुक्रबार बेलुका फेला परेको र पोष्टमार्टमका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । ढकालसँगै गएका पर्यटक भने बेपत्ता छन् ।
बेपत्ता रहेका पर्यटक नेरदल्याण्डसका रहेको खुलेको छ । भिनसेन्ट ब्लुम नाम गरेका पर्यटक हराइरहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ढकाल र ब्लुम अन्नपूर्ण पदयात्रामा निस्केका थिए ।
March 9, 2019 1:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...