ऋषि कपुर अमेरिकाबाट फर्किएपछि रणवीर र आलियाको विवाह हुने पक्का
7 years अगाडी
Susma Dhakal
काठमाडौं, फागुन २५ । बलिउड स्टार रणवीर सिंह र आलिया भट्टबीच विवाह हुने पक्का भएको छ। अमेरिकामा रहेका रणवीरका पिता ऋषि कपुर भारत फर्किएलगत्तै विवाहको तयारीमा जुट्ने एजेन्सीहरुले जनाएका छन्।
ऋषि कपुर अहिले अमेरिकामा आफ्नो उपचार गराइरहेका छन्। ऋषि यही मार्चको अन्तिममा अमेरिकाबाट फर्कने उनकी पत्नी नितु कपुरले सोसल मिडियामार्फत जानकारी दिएकी छिन्। रणवीर–आलिया दुवैको परिवार उनीहरुको विवाह गरिदिन तयार भइसकेका छन्। आलिया ऋषि कपुरलाई भेट्न अमेरिका समेत गएकी थिइन्।
ऋषि कपुर फर्किएपछि पण्डितसँग विवाहको साइत जुराइने बताइएको छ। पण्डितसँग भेट्ने मिति आगामी अप्रिलका लागि तय भएको छ। उनीहरुको विवाह भने यही वर्षभित्र हुनेछ। आलिया र रणवीर यतिबेला फिल्म ‘ब्रम्हास्त्र’ को प्रमोसनमा जुटेका छन्। एजेन्सी
March 9, 2019 1:11 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...