ऋषि कपुर अमेरिकाबाट फर्किएपछि रणवीर र आलियाको विवाह हुने पक्का
7 years अगाडी
Susma Dhakal
काठमाडौं, फागुन २५ । बलिउड स्टार रणवीर सिंह र आलिया भट्टबीच विवाह हुने पक्का भएको छ। अमेरिकामा रहेका रणवीरका पिता ऋषि कपुर भारत फर्किएलगत्तै विवाहको तयारीमा जुट्ने एजेन्सीहरुले जनाएका छन्।
ऋषि कपुर अहिले अमेरिकामा आफ्नो उपचार गराइरहेका छन्। ऋषि यही मार्चको अन्तिममा अमेरिकाबाट फर्कने उनकी पत्नी नितु कपुरले सोसल मिडियामार्फत जानकारी दिएकी छिन्। रणवीर–आलिया दुवैको परिवार उनीहरुको विवाह गरिदिन तयार भइसकेका छन्। आलिया ऋषि कपुरलाई भेट्न अमेरिका समेत गएकी थिइन्।
ऋषि कपुर फर्किएपछि पण्डितसँग विवाहको साइत जुराइने बताइएको छ। पण्डितसँग भेट्ने मिति आगामी अप्रिलका लागि तय भएको छ। उनीहरुको विवाह भने यही वर्षभित्र हुनेछ। आलिया र रणवीर यतिबेला फिल्म ‘ब्रम्हास्त्र’ को प्रमोसनमा जुटेका छन्। एजेन्सी
March 9, 2019 1:11 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...