विश्वकै सबैभन्दा वृद्धा जापानकी केन तानाका
आफ्नो जीवनको उत्तरार्द्धमा पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी ११६ वर्षीया केन तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वर्ल्ड रेकर्डस्ले शनिबार जनाएको छ ।
विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको वर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा रहेकी छिन् भने उहाँले पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिएकी छन् ।
तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उनी बस्दै आएकी जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौँ शुभेच्छुक भेला भै उनकाे सम्मान गरिएको छ । उनलाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ । जीवनमा सबैभन्दा सुखद् क्षण कुन रह्यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले संक्षिप्त तर प्रष्ट स्वरमा भनिन्, “अहिले ।”
सामान्यतया हरेक बिहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका लागि अभ्यास गर्छिन् । उनले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ । विश्वका धेरै बाँच्ने मुलुकका नागरिकको जस्तै जापानीहरूको आयु पनि दीर्घ रहने गरेको पाइन्छ ।
जापानी जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सबैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु ११६ वर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो ।गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट रहेका थिए । जसको मृत्यु सन् १९९७ मा १२२ वर्षको उमेरमा भएको थियो ।
March 10, 2019 9:56 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग