जुम्लामा वडाध्यक्षको आक्रमणबाट वृद्ध घाइते
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ का वडाध्यक्षको आक्रमणबाट एकजना वृद्ध घाइते भएका छन् । वडाध्यक्ष चन्द्रबहादुर नेपालीले आफ्नै कार्यकक्षको टेबलमा राखिएको नेमप्लेटले हान्दा ६९ वर्षीय वृद्ध हरिबहादुर खत्री घाइते भएका हुन् ।टाउकोमा चोट लागेपछि खत्रीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको उनका आफन्तले जनाएका छन् । वडा कार्यालय, जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा विकास निर्माणदेखि सामाजिक सुरक्षा भत्तामा बजेट हिनामिना गरेको भन्दै खबरदारी गर्न जाँदा वडाध्यक्षले आफूलाई आक्रमण गरेको खत्रीले बताए । सकारात्मक सुझाव दिँदापनि आफूमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारवाही हुनुपर्ने उनको माग छ ।
यता खत्रीले बारम्बार अपशब्द बोल्दै आफूमाथि आक्रमण गरेपछि रिसले प्रतिकार गर्दा घटना हुन पुगेको वडाध्यक्ष नेपालीले स्वीकार गरे । ‘कार्यालयमा स्टाफ मिटिङ भैरहेको थियो । उनले सबै स्टाफका लागि खाजा नास्ता लिएर आएका थिए । मैले पैसा लिनका लागि बिल लिएर आउन अनुरोध गरेपछि उनले हामीलाई बिना कारण एकोहोरो गाली गर्दै भ्रष्टाचारको आरोप लगाउन थाले’, वडाध्यक्ष नेपालीले भने, ‘बिना तथ्य जे पायो त्यही आरोप नलगाउनुस् भन्दा उल्टै मलाई दलित भनेर दुर्व्यवहार गर्न थाले, उनले ३ पटक ममाथि झम्टिएपछि मैले प्रहार गरेको हुँ ।’जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाशकुमार केसीका अनुसार घाइते पक्षबाट उजुरी दर्ता भएको छ । उनका अनुसार वडाध्यक्ष नेपालीले पनि आफूमाथि वृद्धले जातीय दुर्व्यवहार गरेको भन्दै प्रहरी चौकी गर्ज्यङकोटमा उजुरी दिएका छन् । घटनाबारे थप अनुसन्धान भैरहको उनले बताए ।
June 27, 2018 12:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: